See aajako rasiphal(२०७३ साल साउन १४ गते)



 मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जन वृद्धि हुनेछ । विद्या प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । द्विविधा बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ


मिथुन 
- का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।


सिंह
मा मि मू मे मो टा टी टु टे
धार्मिक कार्यमा खर्च बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । मित्रको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शक्ति एवं पराक्रम बढ्नेछ ।परोपकारी काममा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । शारीरिक परिश्रम बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन ।


तुला 
- र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।


धनु
य यो भा भी भू ध फा ढ भे
प्रेममा शंका उत्पन्न होला । मनमा चञ्चलता बढ्नेछ । आँखासम्बन्धी समस्या देखापर्नेछ । अनावश्यक विवाद बढ्नेछ ।काम गर्ने मन लाग्नेछैन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । रमाइलोमा समय बित्नेछ ।

कुम्भ 
- गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। काम बिग्रने डरले पनि सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ।


वृष
इ उ ए ओ वा वी वु वे वो
राजनीतिक कार्यमा अवरोध देखापर्नेछ । अनावश्यक विवाद बढ्नेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । गरेका कार्यमा सन्तुष्टि मिल्नेछ ।वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । कूटनीतिक कामहरु सफल हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
 

कर्कट 
- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ।
 

कन्या
टो प पी पु ष ण ठ पे मो
अध्यापनमा सफलता मिल्नेछ । समाजमा मानप्रतिष्ठा बढ्नेछ । व्यापारव्यवसायमा सुधार आउनेछ । कूटनीतिक कार्य सफल रहनेछ ।व्यापारमा ब्यबसायबाट फाइदा हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ -


बृश्चिक
 - तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।


मकर
जो जा जी खी खू खे खो गा गी
वाणिज्य र व्यापारमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पत्र हुनेछ । यात्रा शुभ रहनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।आय आर्जन सोचे भन्दा धेरै हुनेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । पढाईको लागी विदेश जाने मौका मिल्नेछ


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ। पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला। सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफ़न्तहरू टाढिनेछन् भने परिवारमा पनि केही असमझदारी बढ्न सक्छ। तापनि मेहनत गर्दा बिस्तारै फाइदा हुनेछ।



0 comments:

Post a Comment