आमा–बाबु एचआईभी संक्रमित, तिनबाट जन्मिने शिशु संक्रमित नै हुन्छन् भन्ने ठान्नुभयो भने गलत हुनुहुनेछ। औषधिले यस्तो सफलता हासिल गरिसकेको छ, एचआईभी संक्रमितका सन्तान अब स्वस्थ जन्मिन सम्भव छ।चितवनमा डेढ वर्षयता ७७ संक्रमित गर्भवती भए। एकको गर्भ खेर गयो। ७६ जना सुत्केरी भए। दुई शिशु संक्रमित थिए। ३ जनाको केही दिनपछि मृत्यु भयो। ६९ बालबालिकामा एचआईभी नभएको प्रमाणित भइसकेको छ।भरतपुर अस्पतालस्थित एआरटी (एन्टिरेक्ट्रोभाइरल) थेरापी सेन्टरका एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) संयोजक अनुसार असार ४ गते जन्मिएका जुम्ल्याहाको सम्पूर्ण स्वास्थ्य परीक्षण प्रतिवेदन आउन बाँकी छ। ‘तिनमा एचआईभी भए/नभएको थाहा पाउन कम्तीमा ४२ दिन लाग्छ,’ उनले भने। उनका अनुसार जन्मिएका ७४ जनालाई नै नेभिरापाइन औषधि दिइएको थियो। ४२ दिनसम्म उक्त औषधि खुवाएपछि डीएनए पीसीआर परीक्षण गरिन्छ। त्यसका आधारमा एचआईभी भए/नभएको निर्क्याैल हुन्छ।
सुत्केरी हुने महिला २२ देखि २५ वर्ष उमेरका बढी छन्। तीमध्ये गर्भवती अवस्थामा एआरभी औषधि सेवन गरिरहेका आमा ६४ जना छन्। सुत्केरी व्यथा लागेर अस्पतालमा आई एचआईभी संक्रमित पहिचान भएर तत्काल औषधि खुवाएका ११ जना छन्। ‘बाहिरै सुत्केरी भएर आएका दुई जना थिए,’ सापकोटाले भने, ‘तिनै २ आमाको शिशुमा एचआईभी भेटियो।’
गर्भवती महिलाले एआरभी सेवन गरे एचआईभी भाइरसलाई निष्क्रिय पार्ने, अकालमा मृत्युबाट जोगाउने, रोगसँग लड्न सक्ने बनाउने र आमाबाट शिशुमा सर्ने दरलाई न्यून गर्ने गर्छ। ‘पहिलाको तुलनामा अहिले एचआईभी संक्रमित गर्भवती हुने क्रम बढेको छ,’







0 comments:
Post a Comment