मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूको साथ जुट्नाले रोकिएका चिताएको काम सजिलै सम्पादन हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। कर्मको उचित प्रतिफल पाइनुका साथै मनग्य धन आर्जन हुनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको गलत अर्थ लाग्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा समेत आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो जमघटका बीच विशेष व्यक्तिलाई भेट्ने मौका जुट्नेछ। मान-सम्मानका साथ स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ भने पहिलेको सफलताले मनोबल बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। परिवारजनको साथले पनि उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होस नपुग्दा नोक्सान हुन सक्छ। घरखर्च बढ्नुका साथै अभावले सताउन सक्छ। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। बलजफ्तीले पछिसम्म बाधा पुर्याउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखद समाचारले काममा उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य धनलाभ हुनेछ। आम्दानीको स्रोत समेत बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। भौतिक साधन जुट्नाले तत्कालको आवश्यकता पूर्ति हुनेछ। सजिलै काम बन्नुका साथै साझेदारी, सट्टापट्टा आदिमा सोचेभन्दा राम्रो फाइदा हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले हातमा आएको अवसर गुम्न सक्छ। मेहनतको उचित मूल्य नपाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ।अस्वस्थताका बीच सामाजिक जिम्मेवारी भने बढिरहनेछन्। फाइदा नहुने काममा जुट्नुपर्ने परिस्थिति देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा कमजोरी देखा पर्नुका साथै काम बिग्रने डरले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। चोटपटक लाग्ने योग देखिएकाले सवारीसाधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। सहयोगीहरूको भरपर्दा काम अधुरै रहने देखिन्छ। खर्चले ऋणभार बढाउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ भने सद्विचार लिनेहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। काम बिग्रने डरले पनि सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट चिताएको काम बन्न सक्छ।
http://tajasamachar23.blogspot.com/2016/07/blog-post_43.html
























































