नगरपालिकाको लेटरप्याड नक्कली बनाइ ठगी(साउन २)

नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुका भल्व परिवर्तन गर्नुपरेको हुँदा सहयोगका लागि अपिल गरिएको सिफारिस पत्र लेटरप्याडमा लेखिएको छ ।गैँडाकोट नगरपालिकाका सचिव पदम कण्डेलको हस्ताक्षर रहेकोे कीर्ते सिफारिस पत्र लिएर गैँडाकोट क्षेत्रभित्र दुई बालबालिकाको प्रयोगमा चन्दा उठाइएको भेटिएको हो ।
कार्यालयलाई यसको छानबिन र अनुसन्धानका लागि आग्रह गर्ने नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले बताए ।सरकारी कार्यालयको कागज कीर्ते गरी पाँच वर्षको कैद र हदैसम्मको जरिवाना हुने गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले बताए ।
 


0 comments:

Post a Comment