साईबर क्राईम सम्वन्धि दुई दिने कार्यशाला सुरु महिलालाई दोश्रो दर्जाको नागरिक नठान्न व्यवहार नगर्न आग्रह



















काठमाण्डौ,२५ असार -‘नेपाली मनोरञ्जन क्षेत्रमा लैगिक सवाल सूचना सञ्चार प्रविधिमा सुरक्षा’ बिषयक दुई दिने कार्यशाला गोष्ठी ललितपुरको भ्यू भृकुटी होटलमा आजबाट सुरु भएको छ । ट्रिक मिडिया र नेपाल दुर सञ्चार प्राधिकरणको संयु्क्त आयोजनामा भएको उक्त कार्यशालाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ 

कार्यक्रमका उद्घाटन समारोहमा बोल्दै बिभिन्न बक्ताहरुले नेपालमा बढ्दै गएको साइबर क्राइम र लैंगीक सवालका बिषयमा प्रकाश पारेका थिए ।  नेपालमा इन्टरनेट प्रदायक संस्थाले नै फिल्टर गरेर सामाग्री हेर्न पाउने व्यवस्था नगरेमा यसले भोली विकराल समस्या उत्पन्न गर्ने कुरा बताएका थिए भने,आवाजको दुनियाको साथि चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले नेपाली समाजलाइर्, महिलालाई दोश्रो दर्जाको नागरिक नठान्न र सोही अनुरुप व्यवहार नगर्न आग्रह गरेका थिए । डिसीले साइबर क्राइम सम्वन्धि कडा नियम ल्याएर नियन्त्रण गर्न नेपाल सरकारलाइ आग्रह गरेका थिए ।

दुरसञ्चारका निर्देशकले अवको एक बर्षभित्र ‘कम्प्रीहेन्सिभ साईबर ल’ बन्न लागेकाले उक्त कानुन बनेपछि सबै समस्याहरु समाधान हुनेमा विश्वस्त बनाएका थिए । २६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तित्वहरु,कलाकार,निर्माता,निर्देशक एवम बिभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
पहिलो दिनको कार्यक्रम अन्तर्गतको कार्यशालामा लैंङ्गिक सवाल विश्लेषक आरती चटौत एवं दुर संचार प्राधिकरणका निर्देशक आनन्दराज खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । करिव २ दर्जन भन्दा बढी सहभागिहरु भएको उक्त कार्यक्रममा साइबर क्राइम र लैङ्गिक सवालका बिषयमा बिभिन्न छलफल एवम सहभागिका जिज्ञासाको उत्तर समेत दिइएको थियो 

0 comments:

Post a Comment