२०७३ साल साउन १५ गते
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसर आए पनि काम समयमा सम्पादन नहुनाले पछि परिएला। सहयोगी तथा शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको मर्म ख्याल नगर्दा आफैंलाई समस्या आउन सक्छ। मेहनत गर्दा बिस्तारै काम बन्नेछन्। पहिलेको लगानीले फाइदा दिलाउनेछ।
मिथुन
का कि कु घ ङ छ के को हा
धार्मिक कार्यमा मन जानेछ । आयआर्जनमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । वैदेशिक यात्रा हुनेछ ।परिवारसँग आत्मीयता बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्
तुला
र री रु रे रो ता ती तू ते
कर्मप्रति निष्ठा बढ्नेछ । व्यापारमा लाभ हुनेछ । नेतृत्वक्षमता बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक कार्य हुनेछन् । धन प्राप्त हुनेछ ।शत्रुहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा काममा त्यति फाइदा नहुन सक्छ ।
धनु -
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। काममा वैधानिक प्रावधानले अप्ठ्यारो पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।
कुम्भ
गू गे गो सा सी सु से सो द
शारीरिक आलस्य बढ्नेछ । आयआर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यापारव्यवसायमा अपेक्षाकृत लाभ मिल्नेछ ।व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । महत्वपूर्ण काम सम्पन्न हुनेछ । साझेदारी काममा फाइदा मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
बृष -
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा पनि पछि परिने समय छ, मेहनत गर्नुहोला।
कर्कट
ही हु हे हो डा डि डु डे डो
अध्ययनअध्यापन सफल रहनेछ । व्यवसायमा सुधार आउनेछ । सञ्चित धन हानि हुनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । बुद्धि बढ्नेछ ।बौद्धिक काममा सफलता मिल्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका मिल्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । -
कन्या
टो प पी पु ष ण ठ पे मो
अध्यापनमा सफलता मिल्नेछ । समाजमा मानप्रतिष्ठा बढ्नेछ । व्यापारव्यवसायमा सुधार आउनेछ । कूटनीतिक कार्य सफल रहनेछ ।स्चेको आटेको काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त आम्दानी हुनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। पठनपाठनमा पनि प्रगति गर्न सकिनेछ।
मकर
जो जा जी खी खू खे खो गा गी
वाणिज्य र व्यापारमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पत्र हुनेछ । यात्रा शुभ रहनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो काममा बर्चस्व बढाउन सकिनेछ
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, व्यवसाय तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।







0 comments:
Post a Comment