लागुऔषध कारोबारमा थाइल्याण्डको बैंककमा पटक –पटक पक्राउ परेर छुटेका
पूर्वयुवराज पारस शाह यतिबेला नेपालमै छन् । थाइ प्रेमिकासँग गहिरो प्रेममा
फसेर हिमानी शाहलगायत परिवारसँगै सम्बन्ध विग्रिएको भनिएका पारस नेपालमा जोगी बन्ने मुडमा छन्
पछिल्लो समयमा उनमा आध्यात्मिक बन्ने रहर जागेको उनका निकट सहयोगीहरु बताउछन् । विभिन्न धार्मिक स्थलमा पुगेर दर्शन गर्ने तथा धार्मिक गतिविधीहरुमा सरिक हुन थालेका पारस पारिवारिक रुपमा भने केही टाढिएका छन् ।
साउन ४ गते गुरुपूर्णिमाका दिन पाशुपत क्षेत्रमा अवस्थित गोरक्षनाथको मन्दिरमा पुगेर कुल देवता गोरक्षनाथको पूजा गरेर फर्किएका उनी केहीसाता अघि पोखरा, धनगढी, लुम्बिनी, डोटी हुँदै खप्तड पुगेका थिए । १० दिनसम्म खप्तडमा विताएका पारसले त्यहाँ अध्यात्म शक्तीका बाबा मानिने खप्तडका बारेमा बुझेका थिए ।
चार बर्ष बैंकक बसेर २०७१ चैत १९ गते नेपाल फर्किएपछि उनी निरन्तर मठमन्दिरमा गएर दर्शन गर्ने र धार्मिक गतिविधिमा सामेल हुँदै आइरहेका छन् । पहिले देखि नै अध्यात्ममा रुची भएका पारस ‘आर्ट अफ लिभिङ’ देखि पूर्वीय दर्शनमा महन्तहरुसँग पनि निरन्तर सम्पर्कमा छन् ।
हिन्दु धर्म र अध्यात्मका बारेमा बढी चासो राखिरहेका पारसको दैनिकी पनि पुरै बदलिएको उनका सहयोगीहरु बताउँछन् । विहान उठेर प्राणायम, योग गर्ने बानी बसाउने प्रयासमा छन् । खानपानमा पनि परिवर्तन ल्याएका उनी साहाकारी हुने मनसायमा रहेको बताइन्छ ।
पूर्व महानिरीक्षक हेमबहादुर सिंहका जोगी भेषधारी छोरा प्रभञ्जनबहादुर
सिंह, ललितपुरका अभयबहादुर शाह, जनकपुरमा राजेश सिंहसँग निकट रहेका पारस
अध्यात्म रुचाउने तिनै निकटहरुसँग समय विताउने गर्छन् ।
राजदरबारबाट
बर्हिगमन हुनुपरेपछि सबैभन्दा बढी चिन्तित मानिने पारस सन्यासियुक्त
जीवनप्रति बढी लालायित रहेको उनकै सहयोगीहरुले बताउँदै आइरहेका छन् ।
आमनागरिकसँग सहकार्य गरेर विभिन्न सामाजिक कार्य गर्न रुचाएका उनी कुलतबाट
पूर्ण रुपमा टाढिने मनसायमा छन् ।
निर्मल निवास छाडेर सुनाकोटीको
आलिसन महलमा बसिरहेको भनिएका पारस पछिल्लो समयमा अध्यात्म र धार्मिक
दर्शनप्रतिको रुचीले कतिपयले उनलाई ‘जोगी’ बन्न लागेको बताउँदै आइरहेका छन्
। यद्यपि, राजपरिवारका कोही पनि सदस्यहरु जोगी बन्न नमिल्ने बताइन्छ र
यस्तो मुडमा पारस नरहेको बताइन्छ । तर हिन्दु धर्मको प्रवद्र्धन देखि
धार्मिक आस्था, योग तथा प्राणायनतिर भने आकर्षित रहेको बुझिन्छ ।








0 comments:
Post a Comment