भोटेकोशी रोकिएन त्रास हेर्दाहेर्दै भोटेकोसीमा मिसिए घरहरू(असार २४, २०७३)

  तिब्बतबाट आएको बाढीले आवास भवन तथा सडक कटान नरोकिएपछि सीमा क्षेत्रका बासिन्दा झन् त्रसित भएका छन् । उनीहरूले आफूहरूलाई सुरक्षित स्थानको खोजी गरिरहेका छन् । मितेरी पुलदेखि खाडीचौरसम्मको भोटेकोसी र सुनकोसी किनारका करिब ३५ किलोमिटर क्षेत्रको बस्ती जोखिममा छ ।
बिहीबार मध्याहन तातोपानी र लिपिङका थप घरहरूलाई भोटेकोसीले कटान गरेको छ । नरोकिएपछि तातोपानी बजारवासी सुरक्षित
त्रासका कारण तातोपानीका २ सय परिवार स्थानीय चौकीडाँडमा बसेका छन् । सीमाका चिनियाँ सुरक्षाकर्मीसमेत गेटमा ताला लगाएर खासा गएका छन् । उनीहरूले जानुअघि ‘हामी हिँड्यौं, तपाईंहरू पनि सुरक्षित रहनुस् भन्दै गएका थिए ।’अरनिको राजमार्गको अवरुद्ध छ ।

 बिहीबार मध्याहन तातोपानी र लिपिङका थप घरहरूलाई भोटेकोसीले कटान गरेको छ । कटान नरोकिएपछि तातोपानी बजारवासी सुरक्षित स्थानको खोजीमा लागेका छन् ।  भूकम्पपछि लगभग सुनसान रहेको मितेरी पुल नजिकैको सडक छेउका सबैजसो घरहरू मंगलबार रातिको बाढीले भोटेकोसीमा खसालेको थियो । अहिले लिपिङ बजार, भन्सार, अध्यागमन तथा मितेरी पुल आसपासको क्षेत्र मानव बस्तीविहीन भएको छ ।  स्थानीय सुरक्षित स्थानको खोजीमा छन् । कतिपय स्थानीय बाढी आउने भयले घरका सामान लिएर अन्यत्र जान थालेका छन् । उनीहरूले तातोपानी क्षेत्रमा जोखिममा परेका घरहरूको सुरक्षा गर्न माग गरेका छन् ।
लगातार कटान गरिरहेको छ । तातोपानी क्षेत्रका करिब सयभन्दा बढी परिवार सुरक्षा खोज्दै अन्यत्र गएका छन् ।

बाँधका कारण पानीले सहज रूपमा निकास पाउन नसक्दा बढी खतरा छ । भूकम्पपछि रित्तिएको तातोपानी क्षेत्रमा पछिल्लो समय विस्थापितहरू घर फर्किरहेका थिए । बाढीले उनीहरू थप त्रसित भएर फेरि घर छाड्न बाध्य भएका हुन् यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिले राजधानी जान चाहने तातोपानी सीमाका बासिन्दालाई सरकारले नै व्यवस्थापन मिलाउने निर्णय गरेको छ ।

0 comments:

Post a Comment