This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

६ वर्षे बालकको प्रतिभा यस्तोः एक महिनामा कमाउँछन् १ लाख



 ‘हुने बिरुवाको चिल्लो पात’ सायद यो भनाई यस्तै बालकलाई वर्णन गर्नका लागि बनाइएको हो। हुन त यी बालकको उमेर ६ वर्ष हो, तर उनीभित्रको प्रतिभा कुनै वयस्क वा परिपक्क व्यक्तिको भन्दा कम छैन । यी बालक आफ्नो यहि प्रतिभाले महिनामा १ लाख रुपैयाँ कमाउँछन् । उनले एक ‘कुकरी सो’ गर्नुका साथै सोसल मिडियामा पनि निकै ट्रेन्ड गरिरहेका छन् । ६ वर्षीय साना सेफ निहाल–राजलाई खान बनाउने शौख छ । उनको ‘लिटिल सेफ’ को रुपमा संसारभरी परिचित हुने रहर छ । ‘किच्याटयूब’ मा राखिएको उनको भिडियोमार्फत उनले लाखौं कमाउने गर्दछन् ।

निहाल केही वर्ष अघि आफ्नी आमालाई किचनमा सहयोग गरिरहेका थिए । त्यहि क्रममा उनका बुवाले उनको भिडियो बनाएर आफ्नो फेसबुक पेजमा सेयर गरे । मानिसहरुले जब उनको यो भिडियोलाई मनपराए र सकारात्मक टिप्पणी दिए तब निहालका बुवाले यूट्युब च्यानल ‘किच्याटयूब’ बनाउने निर्णय गरे । जसमा निहालको भिडियो राख्न थालियो । निहाल राजको जनवरी सन् २०१५ मा युट्युब च्यानल लञ्च भयो ।

उनी युट्युब च्यानलमा आफ्नै ‘कुकरी शो’ पनि चलाउँछन् । उक्त कार्यक्रममा उनी नौला खानेकुरा बनाउँछन् । नुनिलो खानेकुराभन्दा उनी डेजर्ट बनाउन शौखिन छन् । मिकी माउस म्यागो रेसिपीबाट उनले फेसबुकमा निकै चर्चा कमाए । त्यसपछि उनले प्रत्यक्ष कार्यक्रम गर्न सुरु गरे । निहाल राजको भिडियो सेयर गर्नका लागि फेसबुकमा एउटा स्लट पनि दिइयो । यो स्लटमा पनि उनलाई २ हजार डलर दिइयो ।by-http://www.nayakhabar.com/

भारतीय बालगृहमा छट्पटाउँदै ३२ नेपाली बालक


 भारत बिहार राज्यस्थित मुजफ्फरपुरको एक बालगृहमा पुर्‍याइएका ३२ जना नेपाली बालकले आफूहरूलाई घर फिर्ता गरिदिन आग्रह गरेका छन् । घरबाट भागेर र आफन्तको प्रलोभनमा भारत पुगेका पाँचदेखि १५ वर्षका बालकलाई त्यहाँको बालगृहमा राखिएको छ । आफन्तले मजदुरीका लागि लगेका नेपाली बालकलाई भारतको मुजफ्फरपुर जिल्लाको सिकन्दरपुरस्थित निर्देश नामको बालगृहमा राखिएको छ ।
विभिन्न होटेल र कारखानामा मजदुरी गर्दै आएका ती बाल श्रमिकलाई प्रहरीले संरक्षणका लागि बालगृहमा बुझाएको थियो । घरको ठेगाना बताउन नसक्ने उनीहरू अभिभावक पनि सम्पर्कमा नआएपछि बालगृहमै बस्न बाध्य छन् । तीन महिनासम्म उक्त बालगृहमा रहेका दैलेखका तीनजना बालकको भने उनीहरूका आफन्तद्वारा उद्धार गरिएपछि ३२ जनाको अवस्था सार्वजनिक भएको हो ।



भारतीय बालगृहमा छट्पटाइरहेकाहरुके उद्वारका लागि आवश्यक कागजात नहुँदा समस्या । दैलेख, बाँके, पर्सासहित देशका विभिन्न जिल्लाका बालक बालगृहमा छट्पटाइरहेको र उनीहरूको उद्धारका लागि आवश्यक कागजात नहुँदा समस्या भएको छ ।by---http://www.nayakhabar.com/


बालकको पिठ्यूमा तेस्रो हात, भगवान मानेर पूजा


















 संसारमा विचित्रको घटनाहरु देखा परिरहेका हुन्छन्। मानिसहरुको दुई वटा हात मात्रै हुन्छ। तर तनहुँमा एउटा यस्तै घटना भएको छ। २ वर्षको बालक गौरबको पिठ्यूमा तेस्रो हात बनेको छ।
पिठ्यूमा हात भएपछि आएपछि उनलाई सुत्न र भुईमा पल्टिलन निक्कै गाह्रो भएको छ। यसलाई हटाउन चिकित्सकले सर्जरी गर्नु पर्ने बताए पनि धेरै गाह्रो रहेको बताएको छ। बालकलाई कुनै पनि कपडा फिट भइरहेको छैन। चिकित्सकका अनुसार बालकको जन्जात नै मेरुदण्डमा अर्को हात पलाएकोले सर्जरी गर्न निक्कै गाह्रो छ।

गौरवको स्पाइनल कडमा समस्या भएकाले यसका साथै यसको सर्जरी गर्न मुस्किल हुने बताए। यस्तै धेरै खर्च लाग्‍ने भएकाले पारिवारको आम्दानी निक्कै कम भएकाले उपचार गर्न नसक्‍ने बताएका छन्।

साथै चिकित्सकले बालकलाई स्पाइना बिफिडा कंडिशन समेत हुने सक्‍ने बताएका छन्। गौरबको आमाले उपचार खर्च जुटाउन नसक्‍ने भने पनि उनलाई हेर्नकै लागि धेरै मानिसहरु आउने गरेका छन्।

भगवानको अर्को रुप भन्दै उनलाई पूजाअर्चना समेत गर्दै आएका छन्। के हो यो स्पाइना बिफिडा कंडिशन रु स्पाइना बिफिडा नाम यस्तो अवस्था करीब १५ सय बच्चा मध्ये करिब एक जनालाई हुने गर्दछ।
by---http://www.nayakhabar.com/

मोबाइलमा रिचार्ज गरे बराबर नै ‘क्यास ब्याक’ पाइने( नयाँ मोबाइल एप्स ‘रिचार्जर’ सोमबार सार्वजनिक गरेको छ।)


अब जति रुपैयाँको मोवाइल रिचार्ज गर्यो त्यति नै क्यास ब्याक पाउन सकिने भएको छ। दशैं तिहारको अबसरमा ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ मोबाइल एप्स ‘रिचार्जर’ सोमबार सार्वजनिक गरेको छ।
एप्स प्रयोगकर्ताले एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ। यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा खाँदा, फ्लाइट बुक गर्दा तथा एप्सले उपलब्ध गराउने अन्य सेवामा खर्च गर्न सकिने छ।
यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोर बाट र आइओएस प्रयोगकर्ताले एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सक्ने छन्।
ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार एन्ड्रोइड फोन प्रयोगकर्ताले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरे पनि बिना इन्टरनेट क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। उनले यो एप्स स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरी ल्याएको बताए।
उनले एप्समार्फत अनलाइनमा खरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने व्यबस्था मिलाइएको समेत बताए। यो एप्समार्फत अनलाइन मोबाइल रिचार्ज, अफलाइन डाटा प्याक खरिद, सुनचाँदीको मुल्य, बिनिमय दर, सेयर बजार तथा बजारमा आएका नयाँ नयाँ फेसन ब्राण्डको बारेमा जानकारी समेत पाउन सकिने कम्पनीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले बताए।by--http://www.annapurnapost.com/

१० कक्षालाई एसईसी र १२ कक्षालाई एसएलसी


अहिले कक्षा १० का विद्यार्थीले दिने परीक्षाको नाम सेकेण्डरी एजुकेशन सर्टिफिकेट (एसईसी-SEC) र कक्षा १२ को परीक्षालाई एसएलसी (SLC)भनिने भएको छ ।
नयाँ शिक्षा ऐनले अन्र्तरगत विद्यालय शिक्षाको तहगत परिवर्तन गरेको अवस्थामा ऐन आएको ४ महिना पछि बल्ल शिक्षा मन्त्रालयले नाम टुङ्ग्याएको हो । शुक्रबार सरोकारवालाहरु सहित भएको छलफल पछि मन्त्रालयले दुवै तहको नाम टुङ्ग्याएको हो ।
छलफलमा शिक्षा मन्त्री धनिराम पौडेल, राज्यमन्त्री धनमायाँ विक सहित शिक्षाविद्, अभिभावक, शिक्षक संघ संगठनका प्रतिनिधि लगायत मन्त्रालयका सहसचिवहरुको सहभागिता रहेको थियो ।
छलफलले पुरानै संरचना अनुसार रहेको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को परीक्षा सञ्चालन गर्ने र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने गरी टुङ्ग्याएको सदस्य सचिव सूर्य गौतमले बताए ।
ऐन आएको यतिका समय सम्म पनि परीक्षा बोर्डमा अध्यक्ष लगायतका सदस्यहरुको नियुक्ति हुन नसक्नु, बोर्डले आफ्नो कामलाई क्षेत्रीय तहमा विस्तार गर्न नसक्नु लगायतका कारण यसपटक कक्षा १० को परीक्षा पुरानै संरचना अन्र्तगत लिन लागिएको हो । गत बर्ष सम्म परीक्षा लिएको नियन्त्रण कार्यालयका क्षेत्रीय कार्यालयहरु मार्फत् नै कक्षा १० को परीक्षा लिईने छ ।
ुयस बर्षका लागि ब्यवस्थापन गरिएको हो, अर्को बर्षबाट विद्यालय तहको परीक्षाको सम्पूर्ण काम बोर्डले नै गर्छु गौतमले भने, “आजको निर्णयले अहिले कक्षा १० मा पढ्ने विद्यार्थी र तिनका अभिभावकको अन्यौल हटाएको छ, बाँकी निर्णय हामी छिट्टै गर्छौ ।”
ऐन आएको यतिका समय सम्म निर्णय गर्न नसक्ने शिक्षा मन्त्रालयले चाँडै निर्णय गर्ला भन्ने पत्याउने आधार नभएको भन्दै आलोचना हुँदै आएको छ ।
काम गराई सुस्त भएको भन्दै शिक्षाविद् प्रा।डा। मनप्रसाद वाग्लेले मन्त्रालयको आलोचना गरे । ऐन आएपछि त फटाफट काम गर्नु पर्नेमा मन्त्रालय कछुवा तालमा छु उनले भने, “ऐन आउँदै छ भन्ने कुरा पहिल्यै थाह थ्यो, प्रभावकारी काम गर्ने हो भने पहिल्यै तयार हुनु पथ्र्यो भएन ऐन आएको यतिका समय सम्म पनि झिना मसिना कुरामै अल्मलिनु भनेको लाजमर्दो हो ।”by-http://www.nepaljapan.com/

अनौठो मन्दिर, जसले महिलाको कपाल बेचेरै वर्षको २ अर्ब कमाउँछ(२०७३ कार्तिक ५ )













मन्दिरको आयश्रोत के हो ? अवश्य पनि दान तथा भेटी । तर यो दुनियामा एउटा यस्तो मन्दिर पनि छ जसले महिलाको कपाल बेचेर अरबौँ आम्दानी गर्दछ ।

मन्दिरले महिलाको कपालको व्यापार गर्दछ भन्ने सुन्दा उक्त मन्दिरप्रति नै नकारात्मक धारणा बन्नु स्वभाविकै हो । यस्तो सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्नसक्छ । तर यो सत्य हो की दक्षिण भारतको एक मन्दिरले वर्षेनी करोडौ भारुको व्यापार गर्नेगर्छ महिलाको कपालको ।

उक्त मन्दिरको नाम हो तिरुमाला । मन्दिरमा वर्षेनी हजारौँ महिलाले आफ्नो कपाल काटेर भगवानलाई श्रद्धापूर्वक चढाउँदछन् । सोही कपाललाई बेचेर उक्त मन्दिरले वर्षेनी २ अर्ब २० करोड रुपैयाँ आम्दानी गर्दछ । महिलाको कपाल विदेशमा निर्यात गर्दछ मन्दिरले । कपाल निर्यातबाट प्राप्त रकमबाट मन्दिरले अस्पताल तथा विद्यालय निर्माण गरेको छ ।

त्यस्तै यादगिरगट्टा मन्दिरले पनि महिलाको कपालको व्यापार गरेर लाखौँ रुपैयाँ कमाउँदछ ।

स्मरण रहोस् मन्दिरमा धेरै महिलाहरुले भगवान विष्णुलाई आफ्नो प्राकृतिक कपाल चढाउँदछन् । त्यसरी मन्दिरमा कपाल चढाउने महिलाहरुले आफ्नो कपालमा मेहेन्दी तथा अन्य केमिकल लगाएका हुँदैनन् र त्यस्तो अर्गानिक कपाललाई ब्लीच गर्न सजिलो हुन्छ । साथै दक्षिण भारतमा महिलाहरुले कपालमा स्याम्पु समेत कम लगाउने हुनाले कपाल दहि्रलो हुन्छ र टुट्ने जोखिम पनि कम हुने र कालो रंगको हुनाले त्यस्तो कपालको बजारमा माग उच्च हुन्छ । बेलायतका विभिन्न पार्लरहरुमा दक्षिण भारतीय ती मन्दिरहरुका कपालको उच्च माग रहेको बताइन्छ ।

कपालको यो व्यापारबाट धेरै मालामाल भएका छन् र कपाल माफियाहरु निकै सक्रिय हुन्छन् । उनीहरुले गरीब महिलाहरुलाई फकाइफुलाई गरेर समेत मन्दिरमा कपाल चढाउन लगाउँछन् । कतिपय महिलाहरुलाई पैसाको लोभ देखाएर, लोग्नेबाट दबाब दिन लगाएर, भगवानको डर देखाएर समेत कपाल दान गर्न बाध्य पारिन्छ ।

 ।by---http://www.onlinekhabar.com/2016/10/491326/


दीपावली र छठमा सम्पूर्ण शल्यक्रिया निःशुल्क( शुक्रबार, ५ कार्तिक, २०७३ मा )






 विराट मेडिकल कलेज टिचिङ अस्पताल टङ्कीसिनबारी विराटनगरले नेपालीको दीपावली र छठ पर्वका अवसरमा चिरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने भएको छ ।

मेडिकल कलेजले चिरफार गरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गरिएकोे अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए । अध्यक्ष डा. कार्कीका अनुसार थोरै खर्चमा धेरै बिरामीले फाइदा लिऊन् भन्ने सो कलेजको मुख्य उद्देश्यले निःशुल्क शल्यक्रिया गर्न लागिएको हो ।

विराट मेडिकल कलेज टिचिङ अस्पतालले अगामी दिनमा विभिन्न गाउँ र बस्तीबीच शिविर सञ्चालन गरेर लक्षित समुदायमा सेवा पु¥याउने पनि अध्यक्ष कार्कीको भनाइ छ । अध्यक्ष कार्कीका अनुसार सो टिचिङ अस्पतालसँग स्तरीय मेसिन र विशेषज्ञ चिकित्सक छन् ।

सो मेडिकल कलेजका व्यवस्थापक प्रमुख कृष्ण कँडेलले गरिब तथा निमुखा जनताका लागि अब सर्वसुलभ र आर्थिक विपन्न भएका परिवारलाई निःशुल्क उपचार गरिने समेत बताए । मेडिकल कलेजले सबै सस्तो र राम्रो उपचार गरिरहेको हुनाले पूर्वाञ्चलका विभिन्न स्थानबाट आउने कोसी राजमार्गमा नै रहेको हुनाले ट्रमा सेन्टरका रुपमा विकास गरिने समेत व्यवस्थापक प्रमुख कँडेलले बताए ।

सो अस्पतालले विभिन्न उपचार, स्वास्थ्य सेवा ओपिडी, जनरल वार्ड, अत्याधुनिक सुविधा सम्पन्न आइसियु, एनआइसियु, शल्यक्रिया थिएटर, गर्भवती जाँच, निःशुल्क डेलिभरी, रक्तसञ्चार÷सञ्चय केन्द्र, अत्याधुनिक प्याथोलोजी, डिजिटल एक्स–रे तथा भिडियो एक्स–रे सेवा, सिटी स्क्यान सेवा र लिथोट्रिप्सी (नचिरीकन किड्नीमा भएको पत्थरीको उपचार गर्ने प्रक्रिया) सेवा साथै दूरबिनबाट पित्तथैलीमा भएको पत्थरी, एपेन्डिक्स तथा पाठेघरको शल्यक्रिया जस्ता रोगको निदान गर्दै आएको जानकारी कलेजका प्रसाशन प्रमुख सुधीरसिंह राठौरले दिए by--http://www.imagekhabar.com/news/latest/hospital/10174