आज ६७ औं हलो क्रान्ति दिवस । देशमा प्रजातन्त्रको स्थापना हुनुअघि २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए ।राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राह्मणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले नेपालमै पहिलो पटक हलो जोतेका हुन् ।
२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न सुरु गरिएको थियो । हरेक वर्ष लमजुङको दुराडाँडामा हलो क्रान्ति दिवस मनाइन्छ ।यो दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलोक्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ ।

0 comments:
Post a Comment