आगामी माघ ९ गते राजधानीमा १० लाख मानिस भेला गरेर काठमाडौं सफाइ गरिने काठमाडौं फोहोर गर्दिनँ’ भन्ने अभियान सुरु



 सहित केही युवाहरुले ‘म काठमाडौं फोहोर गर्दिनँ’ भन्ने अभियान सुरु गर्ने भएका छन् ।आगामी माघ ९ गते राजधानीमा १० लाख मानिस भेला गरेर काठमाडौं सफाइ गर्ने उनीहरुको दाबी रहेको छ ।

विश्व सरसफाइ अभियानअन्तर्गत् नेपालमा क्रियाशील युवाहरुले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा सो अभियानअन्तर्गत् कीर्तिपुरका दुई सयभन्दा बढी युवाहरुले परिचालन हुँदै आएको छ ।
काठमाडौंका नदी नालको फोहोर टिप्ने, सडककिनारा सफाइ गर्ने, पार्क तथा खुला स्थानहरुमा सफाइ गर्नेलगायतका कामहरु उक्त अभियानअन्तर्गत् गरिने पनि उनीहरुले बताएका छन् ।
कार्यक्रमका सहभागीहरुले अब जनता नै मिलेर काठमाडौं सहर सफा गर्ने अभियानमा सुरु गर्नुपर्ने बताए ।
अभियानमा लागेका युवाहरुले ०७४ सालबाट काठमाडौं सहर पूर्णरुपमा सफा हुने दाबीसमेत गरे ।उक्त अभियानअन्तर्गत् सरसफाइका लागि जनचेतना फैलाउने कार्यसमेत गरिने पनि उनीहरुले बताएका छन् ।

0 comments:

Post a Comment