दाइजो नपाएको निहुँमा आफ्नै श्रीमानबाट बन्धक बनाइएकी महिला मङ्गलबार प्रहरीबाट उद्धार(साउन ५ )

ससुरालीबाट माग गरेको दाइजो नल्याएको निहुँमा वीरगन्ज उपमहानगरपालिका–३०, उदयपुरघुर्मी निवासी अनिलकुमार यादवले श्रीमती ममतादेवी यादवलाई विगत १० दिनदेखि घरमै बन्धक बनाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ममतादेवीको उद्धार गरेको हो ।विगत १० दिनदेखि ममतादेवीलाई उनका श्रीमान् अनिलले हातखुट्टा बाँधी घरभित्र बन्धक बनाइराखेको ममताका पिता रामअयोध्या यादवले जानकारी दिएपछि उनको उद्धार गरी श्रीमानलाई नियन्त्रणमा लिइएको छ
पेसाले शिक्षक रहेका ममतादेवीका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।दाइजो कम दिएको निहुँमा ज्वाइँ अनिलले छोरी ममतालाई कुटपिट गरी घरमा थुनेर राखेको खबर पाएपछि प्रहरीलाई खबर गरेको ममताका बुबा रामअयोध्याले बताए ।२०६७ जेठ १७ गते हिन्दू रीतिरिवाजअनुसार अनिलसँग ममताको विवाह गर्दा रु चार लाख नगद र मोटरसाइकल दाइजो दिएको ममताका पिता यादवले जानकारी दिए । ममताको चार वर्षीय एक छोरा रहेको प्रहरीले जनाएको छ ।पत्नी ममतालाई घरभित्र थुनेर राखेका शिक्षक अनिलले अत्यन्त अमानवीय काम गरेकाले उनीविरुद्ध घरेलु हिंसासम्बन्धी कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment