
इतिहास पल्टाएर हेर्ने हो भने सन् १९७१ मा कम्प्युटर इन्जिनियर रे टोमलिन्सनले पहिलो पटक आफैंलाई परीक्षण सन्देश पठाएर इमेलको सुरुवात गरेका हुन् ।उनले उक्त इमेल म्यास्याच्युसेटस्थित क्याम्ब्रिजमा रहेको एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाएर इमेलको सफलतापूर्वक परीक्षण गरेका थिए ।
उनले त्यसबेला प्रयोग गरेको कम्प्युटर नेटवर्क प्रविधिलाई ARPANET भनिन्थ्यो । यो आधुनिक र जटील नेटवर्कहरुको बिश्वब्यापी सञ्जाल इन्टरनेटको प्रारम्भिक रुप थियो ।
अमेरिकाको रक्षा बिभागले बोल्ट बेरानके एण्ड न्युम्यान कम्पनीलाई सेनाको प्रयोजनका लागि ARPANET बिकासका लागि खटाएको थियो ।टोमलिन्सन त्यसबेला बोल्ट बेरानके एण्ड न्युम्यान भन्ने कम्पनीमा काम गर्थे
उनी त्यसै योजना अन्तर्गत त्यहाँ कार्यरत रहेका थिए । प्रयोगकै क्रममा टोमलिन्सनले दुईवटा प्रोग्रामहरुमा परीक्षण गरिरहेका थिए ।यी दुई प्रोग्रामहरुको मद्दतले कुनै पनि प्रयोगकर्ताले त्यही मेशिनमा आफनो सन्देश अर्को प्रयोगकर्तालेका लागि छोड्न मिल्थ्यो । त्यही प्रोग्राको आधारममा उनको मनमा अर्को CYPNET प्रोग्राम बनाउने बिचार अनुसार CYPNET प्रोग्रामले प्रयोगकर्ताहरुलाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा फाइलहरु लिन र दिन वा सार्न ।सकियो तीनवटै प्रविधिहरुको संयुक्त प्रयोगबाट मानिसले कुनै पनि कम्प्युटरबाट फाइल अर्को कम्प्युटरमा सार्न वा त्यसबाट फाइल लिन सजिलो भयो इमेलको आविष्कारक भएर भन्दा पनि बढी टोमलिन्सन इमेल ठेगानामा प्रयोग हुने भयो






0 comments:
Post a Comment