अब देखी अनलाइनबाटै राहदानी बनाउन सकिने
असार १९, २०७३ सरकारले आजदेखि अनलाइन मार्फत राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था गरेको छ । राहदानी विभागको वेबसाइटमा राखिएको फारम भरेर आवेदन दिन सकिने विभागले जनाएको छ । विभागले आजैदेखि एक दिनमै राहदानी बनाउने व्यवस्था समेत गरेको छ । जसका लागि सेवाग्राहीले १५ हजार रुपैया तिनुपर्ने हुन्छ ।आकस्मिक अवस्थामा एक साताभित्र राहदानी बनाउन सकिने प्रावधान थियो । राहदानीका लागि आवश्यक पर्ने फोटो पनि अबदेखि विभागले आफैं निशुल्क खिच्ने व्यवस्था गरेको छ । फोटो खिच्न जाँदा निवेदकलाई सँगै राखेर विभागले अनलाइनमा भरेको विवरण रुजु गर्ने जनाएको छ । अनलाइनबाट फारम भर्दा विभागले दिएको नम्बरको आधारमा विभागले फोटो खिच्ने तथा राजश्व सम्बन्धि कार्य गर्ने विभागले जनाएको छ । यसअघि राहदानी बाहेक थप प्रतिव्यक्ति चार सयसम्म तिर्नुपर्ने प्रावधान पनि हटाइएको छ । राहदानीका लागि आवश्यक पर्ने फोटो पनि अबदेखि विभागले आफैं निशुल्क खिच्ने व्यवस्था गरेको छ ।







0 comments:
Post a Comment