Home »
» ताप्लेजुङमा बार्षिक दुई अर्ब रुपैयाँ बराबरको आलु उत्पादन (साउन ९)
ताप्लेजुङमा बार्षिक दुई अर्ब रुपैयाँ बराबरको आलु उत्पादन (साउन ९)
ताप्लेजुङमा बार्षिक दुई अर्ब रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेपनि अझै आलुका लागि जिल्ला आत्मनिर्भर बन्न सकेको छैन ।जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा बर्षे र हिउँदे गरी दुई पटक आलु उत्पादन हुने गरेको छ ।हिउँदे कम र बर्षे बढी उत्पादन हुने भए पनि जिल्ला भित्रैको माग धान्न नसक्दा बाहिरी जिल्लाबाट भित्र्याउनु पर्ने बाध्यता रहेको हो । ताप्लेजुङमा ३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ ।







0 comments:
Post a Comment