भोटेकोसीको बाढीले १५ घर, दुईओटा टिपर बगायो (सिन्धुपाल्चोकमा )असार २२



काभ्रे, सिन्धुपाल्चोक, असार २२  सिन्धुपाल्चोकमा भोटेकोसी नदीमा आएको बाढीका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । नदीमा आएको बाढीले बाह्रबिसेदेखि लिपिङसम्म विभिन्न स्थानमा कटान गरेकाले बाह्रबिसेमाथिको राजमार्ग अवरुद्ध बनेको हो ।मंगलबार मध्यराति आएको बाढीले तातोपानीदेखि बाह्रबिसेसम्म १५ घर बगाएको छ । बाढीले तातोपानी भन्सार हाताभित्र रहेका दुईओटा टिपर र तातोपानी भन्सारको क्यान्टिनसमेत बगाएको छ ।





बाढीले बाह्रबिसेमा दुईओटा कुखुराफार्म, एउटा जाली उद्योग र दुईओटा जिपसमेत बगाएको छ बाढीले मध्य भोटेकोसी जलविद्युत् आयोजनाले मार्मिङ र मानेश्वारा जोड्ने बेलिब्रिजसमेत बगाएको छ भोटेकोसीमा मंगलबार राति लेदो माटोसहितको बाढी आएको थियो । नेपाल–चीन सीमा क्षेत्रबाट दुई किलोमिटर उत्तरमा रहेको चिनियाँ क्षेत्रमा भारी वर्षासँगै गएको पहिरोले थुनिएको भोटेकोसी नदी एक्कासि खुल्दा बाढी आएको 
सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रविन्द्र केसीले जानकारी दिए ।




















भोटेकोसी नदी सतहभन्दा झन्डै अरनिको राजमार्ग छुनेगरी बढेपछि पाँच किलोमिटर तल खाडीचौरसम्म भागाभाग मच्चिएको प्रहरीले जनाएको छ नदीको सतह बढेसँगै बाह्रबिसे माथिका बस्ती अहिले खाली गराइएको छ । स्थानीयहरु डाँडामा गएर बसेका छन् अहिले नदीमा पूर्ववत् अवस्था भन्दा १ दशमलव ५ मिटर बढी पानी बगिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment