नेपालमा ‘पहिलोपटक’ चिरफार नगरी मुटुको शल्यक्रिया(साउन १२ )












गोंगबुस्थित ग्रीनसिटी अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको टिमले धादिङ ज्यामरुका १६ वर्षीया श्रीषा कार्कीको काखीबाट प्वाल पारी मुटुको शल्यक्रिया गरेको हो डा. भट्टराईले मुटुको शल्यक्रियाका लागि नेपालीहरु वर्षेनि ठूलो संख्यामा विदेश जाने गरेको भन्दै अब नेपालमा पनि सस्तोमै आधुनिक सेवा दिन सकिने बताए ।अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले  डा. भट्टराईलाई सम्मान गरे ।सो अवसरमा दाहालले ‘अब कुराभन्दा काम गर्ने समय आएको भन्दै राष्ट्रिय एकतालाई राष्ट्र निर्माणको संकल्पमा बदल्न –भने ।
 कांग्रेस नेता डा. रामशरण महतले नयाँ–नयाँ आविष्कार गर्नेहरुलाई प्रोत्साहन गर्नसके देशले उन्नति गर्नसक्ने धारणा राखे ।नेकपा एमालेका नेता लालबाबु पण्डितले सामान्य रोगको उपचारका लागि नेताहरु विदेश जाने गर्दा समस्या पैदा भएको बताए ।

0 comments:

Post a Comment