चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी

 बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ ।चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडौंका लागि औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ ।



0 comments:

Post a Comment