मुसा चाहे जतिसुकै ठूलो नै किन नहोस् त्यसको कुनै काम छैन, त्यसैले उक्त मुसाको लास भेटेपछि त्यसलाई थान्को लगाउनै पर्यो । तर बडेमाको जिउ भएको उक्त मुसासँग एकपटक फोटो खिच्ने मन जाग्यो जेम्सलाई । उनले आफ्ना साथी टोनी स्मिथलाई उक्त मुसासँगको आफ्नो फोटो खिचिदिन भने । यति ठूलो मुसा भेटिनु कुनै चानचुने कुरा थिएन र आफुहरुले यत्रो मुसा फेला पारेको प्रमाण पनि उनीहरुले राख्नु थियो र सोही बमोजिम गरे ।
मुसा विज्ञहरुका अनुसार उक्त मुसा ग्याम्बियन पाउच्ड प्रजातिको मुसा हो । यो प्रजातिको मुसा मानिसले घरमा पाल्ने गर्दछन् । यो मुसाको लम्बाइ ४ फिट सम्म हुने बताइन्छ र यो निकै बुद्धिमान मुसा हो । तर यो मुसाको दृष्टि क्षमता भने कमजोर हुन्छ । http://tajasamachar23.blogspot.com/2016/07/blog-post_4.html







0 comments:
Post a Comment