अफगानिस्तानको काबुलस्थित विदेशी नियोगका कूटनीतिज्ञहरूले आफू बस्ने र काम गर्ने भवन अगाडि गोर्खा (नेपाली) नभए चैनले बस्न र आनन्दले निदाउन नसक्ने बताएका छन् ।अधिकांश विदेशी कूटनीतिज्ञहरूले गोर्खाहरूकै कारण आफूहरूले ‘थप’ सुरक्षित महसुस गरेको जानकारी गराउँदै बताएका हुन् । शनिबार काबुल पुगेको श्रम मन्त्रालयको एक टोलीसँग कुरा गर्दै उनीहरूले विदेशी कूटनीतिज्ञ तथा कर्मचारीहरूको सुरक्षा गर्न त्यहाँ पुगेका नेपालीको सुरक्षामा भएको कमजोरी सच्याउन तयार रहेको आश्वासन दिए ।असार ६ गते तालिवानको आक्रमणमा परी काबुलस्थित क्यानडेली दूतावासको सुरक्षामा खटिएका १३ नेपालीको ज्यान गएको थियो । यसपछिको अवस्थाबारे बुझ्न श्रमको टोली काबुल पुगेको हो । क्यानडेली दूतावासले नेपालीहरूको बसोबास र आवतजावतमा गरेको हेलचेक्र्याइँले गोर्खाको मनोबलमा असर परेको भन्दै त्यसमा सुधार गर्न तयार रहेको उनीहरूले बताए ।नेपालीहरूले पाउने क्षतिपूर्ति र अरू सुविधाबारे पनि छलफल भइरहेको उनले टोलीलाई जानकारी गराए । तर, काबुलमा मारिएका १३ नेपालीलाई क्षतिपूर्ति दिने विषयमा भने क्यानडा अहिलेसम्म मौन छ ।
‘अवैध बाटोबाट अफगानिस्तान आउने नेपालीको अवस्था बुझ्ने काम भइरहेको छ । श्रम स्वीकृतिमा अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्न आउनेहरूको अवस्था भने राम्रै देखियो,’टोली सदस्यले भनिन्, ‘सबैजसो विदेशीले गोर्खा हँुदा आफूहरू ढुक्क हुने गरेको बताए ।’ उनले सुरक्षामा नेपालीहरू तेस्रो पंक्तिमा बस्ने हुनाले तत्काल हुने आक्रमणको असर नेपालीलाई नपर्ने पनि बताइन् यी सबै विषयमा टोलीले सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उनले बताइन् । नेपालीलाई अफगानिस्तान सरकारले गर्ने सम्मान राम्रो रहेको भन्दै टोली सदस्यले सुरक्षित स्थानमा नेपालीलाई पठाउँदा समस्या नहुने समेत बताइन् । अफगानिस्तानमा नेपालीको राम्रो कमाइ रहेको उल्लेख गर्दै उनले भनिन्, ‘कानुनी बाटोबाट जानेहरूका लागि त्यहाँको अवस्था हामीले नेपालमा सोचेको भन्दा राम्रो रहेछ ।’ यसैबीच त्यहाँ भिसा नभएर बसिरहेका नेपालीहरुलाई अफगान अधिकारीले भेटेका छन भने फर्काउने प्रक्रिया पनि अघि बढाइसकेको जानकारी उनले दिइन् ।
http://tajasamachar23.blogspot.com/2016/07/superhit-teej-song-20732016-pashupati.html
Home »
» गोर्खा नभए आनन्दले निद्रा लाग्दैन विदेशीले अफगानिस्तानलाई भने(श्रावण १२,)






0 comments:
Post a Comment