पुष्पाञ्जली माध्यामिक विद्यालयमा पढ्दा-पढ्दै विद्यार्थी पर्खालले छोपिए (असार १९)






ललितपुर स्थित पुष्पाञ्जली माध्यामिक विद्यालयको गारो भत्किएर दुई विद्यार्थीको मृत्यु भएको छ। लागातारको वर्षापछि स्थानीय एक व्यक्तिले जग्गा प्लटिङका क्रममा लागएको पर्खाल भत्किएपछि विद्यालयको गारो थिचेपछि दुई विद्यार्थीको मृत्यु भएको हो । गारोले किचेर कक्षा तीनमा पढ्ने ९ वर्षीया कृपा राई र १० वर्षीया अञ्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माले जानकारी दिए ।पार्खाल भत्किएपछि कक्षा तीन र आठको कोठाको पर्खाल थिचेको थियो । पर्खालले किचेर सक्त घाइते भएका विद्यार्थीमध्ये दुईको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो । घाइते २० विद्यार्थीको ललितपुरको पाटन र बि एण्ड बी उपचार भइरहेको छ ।











0 comments:

Post a Comment