नेपाली श्रमिकहरूले मलेसियाको स्थानियगुण्डा‬ पकडे



क्वालालम्पुर  मलेसियाको केलाङजयास्थीत सेकोपलास कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको हासटेलमा हिजो सांझ स्थानिय अज्ञात गुण्डाहरूको समुहले आक्रमण गरेको छ करिब १० जनाको समुहमा हतियारसहित लुटपाट गर्ने हिसाबले आयोको आक्रमणकारी लुटेराको समूहसँग नेपाली श्रमिकहरूले प्रतिकार गरेर एक जनालाई पक्रन सफल भएको त्यहि कम्पनीमा कार्यरत श्रमिक कर्ण खडकाले जानकारी दिनुभएको छ । आत्याधुनिक हतियार पेस्तुल, चक्कुसहित आएका गुण्डाहरूले आक्रमण गर्दा तुरुन्तै प्रतिकारमा उत्रेर श्रमिकहरूले आत्मरक्षा गरेका हुन् ।
घटनामा कुनै किसिमका मानविय तथा भौतिक क्षेति भने हुन पाएन । अज्ञात गुण्डाहरूको समुह हास्टेल प्रवेश गर्न नसकेपछि भागेका थिए भने एक जनालाई भने हतियार सहित पकडेर नेपाली श्रमिकहरूले पुलिसको जिम्मा लगाईएको बताईएको छ ।

0 comments:

Post a Comment