आज पूर्वराजा ज्ञानेन्द्रको ७०औं जन्मोत्सव(असार २३, २०७३)


पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औं जन्मोत्सवको अवसरमा शुभकामना दिन उपप्रधानमन्त्री कमल थापा लगायतका नेताहरु निर्मल निवास महाराजगन्ज पुगेका छन् ।ज्ञानेन्द्रलाई यसैगरी शुभकामना दिन पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पत्रकार युवराज घिमिरे, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार लगायत निर्मन निवास पुगेका थिए ।राजा ज्ञानेन्द्रले जन्मोत्सवमा आउने शुभचिन्तकहरुलाई बिहान ११ बजेदेखि भेट दिएका थिए ।






















असार २३ आज लमजुङमा विहीबार दिउँसो भूकम्पको एक पराकम्पन  

आज दिउँसो २ बजेर ४४ मिनेटमा लमजुङ सदरमुकाम बेसीसहरबाट ८ किलोमिटर उत्तर भुलभुलेनजिकै केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ 

भूकम्पको धक्कासँगै लमजुङ सदरमुकाम र आसपासका स्थानीय बासिन्दा आत्तिएर घरबाहिर खुला स्थानमा निस्किएका थिए ।भूकम्पको धक्का पश्चिमाञ्चलका अरु जिल्लाहरुमा पनि महसुस भएको जनाइएको छ ।

 सिन्दोपल्चोकमा पनि आजबेलुकी पाखामा 5:38 मा 4:4  म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।




0 comments:

Post a Comment