This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

खोकी रोक्ने उपाय र खोकी लाग्दा खान नहुने कुराहरु ?




गर्मी वा जाडो दुबै मौसममा खोकी लाग्ने गर्छ । खोकी लाग्ने बिभिन्न कारण हुन्छन । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ । खोकी लागेको केही दिनमा निको नभए चिकित्सकलाई भेट्नुपर्छ । सामान्यतया खोकी लाग्दा यी खानेकुरा खानु हुदैन

कफी तथा चियाः खोकी लाग्दा कफी र दुधको चिया खानु हुदैन । यसले घाटीलाई सुख्खा बनाउने र केही चिज निल्दा समेत गाहे हुन्छ ।

जंक फुडः यस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउनुका साथैैै शरिरको रक्षात्मक कार्यलाई घटाउछ । तसर्थ पास्ता, चिप्स, प्याक गरिएका स्नयाक्स लगायतका खाने कुरा नखानु राम्रो हुन्छ ।

तारिएका खानेकुराः खोकी लाग्दा तारिएका खानेकुराबाट टाढै रहनुहोस । तारिएका खानेकुरा तेलीय हुनाले झन् खोकी लाग्ने गर्छ । तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रीय पार्छ ।

चिसो पदार्थः आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ ।

मदिराः मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।

खोकी रोक्ने घरेलु उपाय

नुनपानीले कुल्ला गर्ने
मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ ।

मह खाने
सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।

अदुवा हालेको चिया खाने
सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।
by satyakhabar.com

काठमाडौंको नागार्जुनमा १६ वर्षीया युवती बली दिन अपहरण बली दिन खोज्ने तान्त्रिक पक्राउ


 काठमाडौंको नागार्जुनमा तान्त्रिक विधिद्वारा हड्डी जगाई चामत्कारिक तरिकाले आर्थिक लाभ हुन्छ भनी युवतीको बलि दिने योजना बनाउने एक तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको ब्यास नगरपालिकाको रुम्सीगाउँ घर भएका ३७ वर्षीय भोजबहादुर थापाले बली दिनका लागि १६ वर्षीया युवतीलाई अपहरण गरेका थिए । उनले २०७२ साउन १४ गते युवतीलाई अपहरण गरी नागार्जुनस्थित घरमा राखेका थिए । साउन ३२ गते युवती त्यहाँबाट भाग्न सफल भएपछि प्रहरीलाई उजुरी गरेकी थिइन्। त्यही बेला देखि फरार थापालाई बिहीबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिवेश लोहनीले जानकारी दिएका छन । उनलाई प्रहरीले बिहिबार पोखराको लेकसाइडबाट पक्राउ गरेको हो। उनीबाट प्रहरीले पुरातात्विक वस्तुहरु समेत बरामद गरेको छ । युवती अपहरणमा संलग्न ओमकार शाह, यामबहादुर रोक्का, छत्रबहादुर राई, हरिबहादुर पुनमगर, उदीमबहादुर पुन र भिमबहादुर भुजेललाई यसअघि नै पक्राउ गरिसकेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई शरीर बन्धक उद्योग अन्तर्गत कारबाही अगाडि बढाइने केन्द्रीय अनुसन्धान ब्यूरोका एसपीले जानकारी दिएका छन ।by satyakhabar.com

उडिरहेका दर्जनौं चरा एक्कासि आकाशबाट सडकमा खसे


 उडिरहेका दर्जनौं चरा एक्कासि आकाशबाट सडकमा खसे
बोस्टन (अमेरिका), भदौ २५ । अमेरिकाको बोस्टन सहरमाथि उडिरहेका दर्जनौं चरा एक्कासि बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् ।
by image sachar
कालोरङ, लामो पुच्छर भएका ४७ ओटा ग्याकल नामका चरा बोस्टननजिकै डोरचेस्टर इलाकामा बिहीबार आकाशबाट खसेका भेटिएको थियो ।

तिनीहरुमध्ये केही मृत भेटिएका थिए भने केही बिरामी अवस्थामा भेटिएका थिए ।

बोस्टनको एनिमल रेस्क्यु लिगले आफ्नो छिमेकमा चराहरु एक्कासि बिरामी परेर खसेको बताएपछि र उक्त स्थानमा एउटा बिरालो पनि बिरामी भएको पाइएपछि त्यहाँ गएर घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।

मृत भेटिएका चरालाई परीक्षणका लागि टफ्टस विश्वविद्यालयको प्रयोगशालामा पठाइएको छ । रासस/एपी
http://imagekhabar.com/news/latest/world/8349#sthash.KNd5JKMC.dpuf

पर्वतको धाइरिङ गाविस–३ धारापानीमा ब्रेकफेल भएर दुर्घटना तीन जनाको मृत्यु 9 घाईते


पर्वत, भदौ २५ । पर्वतको धाइरिङ गाविस–३ धारापानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

शालिजा गाविसको ठोट्नेरीबाट धाईरिङ गाविसको मिलनचोक जाँदै गरेको ग. १ ज ५१०२ नम्बरको जीप धाइरिङको धारापानी भन्ने ठाउँको ब्रेक फेल भएर दुर्घटना भएको हो ।

गाडी सडकबाट झन्डै ६६ मिटर तल खसेको हो । दुर्घटनामा म्याग्दी ज्यामरुकोट–३ की ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै कास्की रिभान–९ की ३० वर्षिया डिलकुमारी बुढाथोकी र सोही ठाउँकी ६० वर्षिया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए ।
by image samchar
दुर्घटनामा गम्भीर घाईते कास्की रिभान–९ की १४ वर्षिया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य ७ जनाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।: .http://imagekhabar.com/news/latest/national/8364#sthash.MlRNFFHu.dpuf

मोबाइल हराएमा पत्ता लगाउने उपाय



मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ ।

मोबाइल हराएमा वा चोरी भएमा नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । उक्त निवेदनका साथ आइएमइआई नम्बर पनि उपलब्ध गराउनु पर्छ । तपाईले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ । यसबाट मोबाइल सेट पाइने सम्भावना धेरै हुन्छ । प्रहरीले ट्रयाकिङ गरी उक्त सेटको खोजी गर्छ ।by biswokhabr.com

कागतीका उपयोगिताहरु


 दिनहुँ कागती पानी पिउँदा तपार्इँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

यदि तपार्इँ चिसो मौसममा हिमालतिर जाँदै हुनुहुन्छ वा समुद्रको किनारमा घुम्दै हुनुहुन्छ वा पानी परेको समयमा बाहिर निस्कदै हुनुहुन्छ भने जानुभन्दा अगाडि भिटामिन सीयुक्त कागतीपानी खाएर सम्भावित चिसोबाट बच्न सक्नुहुन्छ ।

छालामा चमक

कागतीमा एन्टिअक्सिडियन्ट्स हुन्छ जसले सूर्यको कडा प्रकाश, प्रदुषण र एलर्जीपछि हुने छालाजन्य समस्याबाट बचाउँछ । भिटामिन सीले बुढ्यौलीपनलाई रोक्छ र अनुहारको छालालाई कसिलो बनाउँछ ।

तौल घटाउँछ
कागती पानीले शरिरमा हुने निश्चित चिल्लो पदार्थको मात्रालाई नियन्त्रण गरी शरिरको रगत र कलेजोको कोलोस्ट्रोल तहलाई घटाउँछ । शरीरमा हुने मेटाबोलिजम प्रक्रियालाई सशक्त बनाउँछ ।

अम्लियपनले शरिरमा क्षार बढाउछ

कागतीले शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । किड्नीले साबधानीपूर्वक रगतलाई नियन्त्रण गरी पीएच ७ दशमलब ४ बनाउँछ । तर, कागती पानी खाएर यसलाई हलुका बनाउन सकिन्छ ।

राम्रो पाचन प्रक्रिया

कागती पानीले आन्द्रालाई सफा गरि पाचन प्रणालीलाई सहज बनाइदिन्छ । आन्द्रामा रहेका उत्तेजित विकारलाई कागतीको अमिलोले एउटा फलसको काम गर्छ ।

कलेजो र किड्नीको विष हरण गरिदिन्छ

कागतीले कलेजोलाई सफा र कलेजोलाई सशक्त बनाइदिन्छ । कलेजोका इन्जाईमहरु कमजोर भएमा उर्जा प्रदान गर्छ र रगतको उत्तेजक पर्दाथलाई फिल्टर गरिदिन्छ ।

ऊर्जा दिन्छ

सामान्यभन्दा बढी थकित महशुस गर्नुभएको छ । राम्रोसँग सुत्दा पनि कमजोर भइरहेको छ ? यदि यस्तो लक्षण देखिएको छ भने तपाईँमा रक्तअल्पताको संकेत हो र भिटामिन सीयुक्त कागती एउटा अचुक औषधी नै हो । किनकी यसले तपाईको शरिरलाई आइरन सोस्न सहयोग पु¥याउँछ ।

क्यान्सरबाट बचाउँछ

एन्डिअक्सिडियन्ट र भिटामिन सीयुक्त कागतीले शरिरमा अनावश्यक तत्वहरुलाई नष्ट गर्न र क्यान्सरको खतराबाट बचाउछ ।

स्वस्थ शरीर

कागती पानीमा पर्याप्त पोटासियम हुन्छ जसले दिमागलाई स्वस्थ राखनुका साथै रक्तचापलाई नियन्त्रणमा राख्छ ।

ताजा सास

सुक्ष्मजीवाणू बिरोधी तत्व रहेको कागतीलाई पानीमा निचोरेर खाँदा तपाईको श्वासको दुर्गन्ध हटाउनुका साथै मुखमा हुने रोग लाग्नबाट बचाउँछ ।by satyakhabar.com

पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका घरेलु उपाय














मानव जिवनकालागि चाहिने अाहारा तथा खानपिनमा अत्याधिक हालिने मसालाले कतिकाे असर गरिरहेकाे हुन्छ ? त्यसकाे बारेमा धेरै अनभिज्ञ रहेका छन । त्यस्ताे परिकारयुक्त खाना खादा एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त 

समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ ।

१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।

३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ

। ५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।
by biswokhabr.com

भूकम्प र पहिरोले जोखिम बनाएपछि मानवीय बस्ती बस्न मिल्ने/नमिल्ने उत्तरी धादिङ लापाका ५ बस्तीका बासिन्दा अझै अन्योलमा छन्


भूकम्प र पहिरोले जोखिम बनाएपछि मानवीय बस्ती बस्न मिल्ने/नमिल्ने अध्ययनअनुसन्धान हुन नसकेपछि उत्तरी धादिङ लापाका ५ बस्तीका बासिन्दा अझै अन्योलमा छन् । भूगर्भविद्हरूले अन्तै सार्नुपर्ने सिफारिस गरेका रीगाउँका ४ र लापा गाविसका २ बस्तीबाहेक जिल्ला दैवीप्रकोप उद्धार समितिले लापाका ४ बस्ती र दार्खा ८ धार्नाको बस्ती पनि थप अध्ययन गरी सिफारिस गर्न निर्णय गरेको थियो ।

सिफारिस बमोजिम धादिङका  रीगाउँका वडा नं ५, गाम्राङ, वडा नं ९ का चेप्राङ, करङ, अन्दर र लापा गाविसका चपाङचेत र च्याम्राङसहित ६ बस्तीलाई जोखियुक्त ठहर गर्दै अर्को प्राकृतिक विपत्ति बेहोर्नै नसक्ने यी जिल्लाभित्रको अवस्थालाई ‘संवेदनशील’ ठहर गरिएको छ । अध्ययनअनुसार धादिङ रिको रिचेत गाउँको समतल भागबाट बस्ती उठाउनुपर्ने सुझाव दिँदै अध्ययन टोलीले यो क्षेत्रमा अझै भूकम्पपीडित कष्टपूर्वक टेन्टको बासमा छन् । यस्तै, लापा गाविसका बस्तीमा पनि भौगर्भिक स्थिति नाजुक रहेको भन्दै री र लापाका झन्डै सय घरधुरी जोखिमयुक्त रहेको जनाइएको छ ।

‘सरकारले गरेका बाहेक लापा गाविसका थप ४ बस्ती तेन्चेत, तिङचेत, तीरगाउँ, कुन्चेत र दार्खाको गत साताको पहिरोले विस्थापित धार्नासमेत ५ बस्तीको भूगर्भविद्हरूद्वारा तत्काल अध्ययन गरी सुरक्षित स्थानमा सार्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस गरी पठाएका छौं,’ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले भने, ‘अध्ययन र सिफारिस गर्ने काम अझै भएको छैन ।’

यसअघि सिफारिस भएका ६ बस्तीको वैकल्पिक बस्ती बसाल्ने स्थानको पहिचानसहित सिफारिस गरिएको थियो । उक्त ६ बस्तीलाई सम्बन्धित गाविसहरूकै लङरचेत, बोजाङ, कचेत, डंग्रीचेत, डेजोङडाँडा, ठूलोगाउँ र तोप्चेतलाई चयन गरिएको छ ।

‘अन्त सार्न सिफारिस भइसकेकाहरूले पनि बस्ती सार्न दबाब दिइरहेका छन् भने सिफारिस भई पठाएका बस्तीका बासिन्दाले पनि अध्ययन गर्न दबाब दिइरहेको प्रजिअ सुवेदीले बताए ।
http://bit.ly/2bWYkXY

घााटीमा हुने थाइरोडको समस्याले हुनसक्छ अकस्मात हृदयघात

थाइरोड घााटीमा हुने सानो पुतली आकारको ग्ल्यान्ड हो । जसले थाइरोक्सिन र ट्राइआयोडोथाइरोनाइन नामक दुई प्रकारको हार्मोन उत्पादन गर्छ । उक्त हार्मोनको काम शरिरका विभिन्न क्रियाकलापलाई नियन्त्रण वा संचालन गर्नु हो । जसमा कति छिटो क्यालोरीको प्रयोग गर्नेदेखि कति छिटो मुटु धड्कनेसम्म पर्छ ।

जब यो ग्ल्यान्डले कम काम गर्छ, त्यस अवस्थालाई हाइपोथाइरोडिजम् अर्थात थोरै थाइरोक्सिनको उत्पादन भयो भनेर बुझिन्छ । यस्तै जब ग्ल्यान्डले धेरै काम गर्छ, त्यस अवस्थालाई हाइपरथाइरोडिजम् अर्थात सामान्य भाषामा भन्दा धेरै थाइरोक्सिनको उत्पादन भयो भनेर बुझिन्छ । यी दुवै अवस्थाले शरिरमा भने नकारात्मक असर गर्छ ।

थाइरोडको समस्याले गर्दा मुटुको चाल असामान्य हुनुका साथै हृदयरोगको सम्भावना बढाउँछ भन्ने वैज्ञानिकहरुले धेरै अघि नै थाह पाइसकेको कुरा हो । तर ‘सर्कुलेसन’ नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनले भने अकस्मात हृदयघात भएर हुने मृत्युलाई पनि थाइरोडबाट हुने समस्यामा जोडेको छ ।

‘हाम्रो अध्ययन अनुसार सामान्य अवस्थामा रहेको भनिएको थाइरोड हार्मोनको स्तर यदी माथि छ भने अकस्मात हृदयघात भएर मृत्यु हुनसक्ने सम्भावना हार्मोनको स्तर तल भएकाहरुभन्दा चार गुणाले बढ्छ,’ नेदरल्यान्डस्थित इरासमुस विश्वविद्यालयको चिकित्सा विभागका इन्डोक्राइनोलोजी र इपिडेमियोलोजीका रिसर्च फेलो तथा उक्त अध्ययनका प्रमुख सोधकर्ता डा. लायल चाकेरले भनिन् ।

उनको अनुसार यसअघि अकस्मात हुने हृदयघातपछिको मृत्युलाई हृदयरोगसँग जोडिएका अन्य कारकहरु जस्तै शरिरमा बढी कोलेस्ट्रोलको मात्रा, उच्च रक्तचाप आदीसँग जोडेर हेरिन्थ्यो । ‘उच्च थाइरोडको स्तर पनि अकस्मात हुने हृदयघातको कारण भएको पत्ता लागेको छ,’ उनले भनिन्, ‘थाइरोइड सामान्य स्तरमै रहे पनि यदी माथिल्लो तहमा छ भने त्यसले जोखिम बढाउँछ ।’bye ekantipur
http://bit.ly/2cA6Zvm

मरीच खानाको फाईदा मरीचलाई औषधीको रुपमा पनि प्रयोग



आधा टाउको दुखेमा
मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्टीको कपाल दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।
रुघाखोकी लागेमा
१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
२५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।

कफ र खोकी लागेको रोगमा
१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
हिक्क आउनेमा
हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।

कफ जमेर गाह्रो भएमा
फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
आँखामा रतन्धो भएमा
दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
आँखाको कुनैपनि रोगमा
गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु समन हुन्छन् ।
घाँटी सुनिएमा, टंसिल बढेकोमा
पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।

अंग नचलेमा वा पक्षघात भएमा
मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
दाँत दुख्ने रोगमा
मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
शरीर सुनिएकोमा
मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
अमलपित्तको रोगमा
फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
पुरानो खोकीमा
सूठो, पिप्ला र मरिच एकएक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एकएक गोली दिनमा खिनमा तीनचार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

भोक जगाउन
१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।

दम खोकीमा
आधा चम्चा दालचिनीको धूलो , एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
दाँत कीराले खाएमा
दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
घाँटी दुखेमा
राती सुत्ने बेलामा ८/१० गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।

सुनसरीको धान खेतमा पेट्रोलियम पदार्थको मुल

सुनसरीको धान खेतबाट पेट्रोलियम पदार्थले मुल फेला, पुरै खेतमा पेट्रोल बग्न थाल्यो
सुनसरी । सुनसरीमा सम्भावित पेट्रोलियम पदार्थको मुल फेला परेको छ । सुनसरी नरसिंह ३ स्थित एक धान खेतमा जमिन मुनीबाट ठुलो भुल्काका साथ पानी माथी तैरिने गरि पेट्रोलियम पदार्थ जस्तै तरल पदार्थ निस्किरहेको छ ।
सो धान खेतमा जमिन मुनीबाट निस्किएको तेल पानीले भरीएको धान खेतको सतहमा माथी तैरिएर बगीरहेको छ । स्थानीय बेचनी खातुनको धान खेती गर्दै आएका मो।ताहिर मन्सुरीले खेतमा धान गोडने क्रममा जमिन मुनीबाट तेल निस्किएर दक्षिण तर्फ पानीले भरीएको धान खेतमा करिब २०० सय मिटर सम्म बग्दै गएको देखे पछी सो स्थानमा तेल आशंका गरिएको छ ।

शुक्रवार दिउँसोदेखी जमिन मुनी बाट तेल निस्कीएर धान खेतको पानीमा तैरिदै बग्दा पुरै धान खेती नष्ट हुने अवस्था आए पछि तेल निस्कीएको दुलो माटो हालेर पुरिएको मो।ताहिर मन्सुरीले बताएका छन ।

खेत धनी मुजीवर रहमानले तेलको गन्धले पुरै खेत गन्हाएको र तेल डिजेल मट्टीतेल जस्तै गन्ध आईरहेको बताए ।

अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी सहायक निरीक्षक दिलीप चौधरीको नेतृत्वमा सुरक्षा टोली खटिएको छ । प्रहरी सहायक निरीक्षक चौधरीले खेत आसपास सवै तिर पानी माथी तेल बगेर तैरिरहेका हुदाँ तेलको गन्ध र तेल जस्तो पदार्थ जमिन मुनी बाट निस्कीरहेको बताए ।

by nayakhabar.com

मोरङ । मनमोहन पोलीटेक्निकल कलेजका विद्यार्थीले बिना इन्धन धान रोप्ने थ्रेसर र सिँचाइ गर्ने उपकरण बनाएको छ ।


विद्यार्थीले बनाए बिना इन्धन धान रोप्ने थ्रेसर र सिँचाइ गर्ने उपकरण
यी उपकरण मानिसको दैनिक जीवनमा निकै उपयोगी भएको विद्यार्थीले बताएका छन् । थ्रेसर निर्माण समूहका विद्यार्थी अमित साहले भने, “बिनाइन्धन परालबाट धान निकाल्ने यो मेसिनको काम हो ।” साह लगायतका विद्यार्थीको समूहले थ्रेसर बनाएको थियो । किसानले उत्पादन गरेको धान काटेपछि चुट्ने झन्झटबाट सो मेसिनले मुक्ति दिनेछ ।

सो कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले सोलारको माध्यमबाट सिँचाइ गर्ने उपकरण पनि निर्माण गरेका छन् । सिँचाइ गर्दा किसान महँगो खर्चबाट जोगिउन् भन्ने उद्देश्यले सो मेसिन निर्माण गरिएको सिँचाइ मेसिन निर्माण समूहका विद्यार्थी सरोज थापाले बताए । उनले भने, “सिँचाइको असुविधा भएको ठाउँमा थोरै खर्चबाट सो मेसिन प्रयोग गरेर सिँचाइ गर्न सकिन्छ ।”

उनले भने, “विद्यार्थीको बलबुताले उपकरण बनाए, तर सरकारले विद्यार्थीले गरेको कामलाई सहयोग गरिराखेको छैन ।” उनका अनुसार सरकारले अझै सहयोग गर्ने हो भने बाहिरबाट खरिद गरेर आयात गरिने मेसिन यहीँ बनाउन सकिन्छ ।by naya samchar.com

२०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा आउने




तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने सम्भावना बढेको छ ।
कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको हो । हाल १९ लिोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।by nepal japan.com
जम्मा २० दशमलव ५ किमी सुरुङ निर्माण गर्नुपर्नेमा अब ८ किमी मात्र बाँकी छ । समितिका अनुसार अगस्टमा सबैभन्दा धेरै १ किमी सुरुङ खनिएको छ । यही गतिमा महिनाको १ किमी सुरुङ खनियो भने ८ महिनामा सुरुङ सम्पन्न हुनेछ ।
तोकिएको मिति अझ १२ महिना बाँकी छ । अर्थात २०७४ असोज महिनापानी ल्याउने मिति हो । दैनिक ३५ मिटरका दरले सुरुङ खनिएको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए ।
 http://www.nepaljapan.com

मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने स्क्रब टाइफसका बिरामी भक्तपुरमा पनि भेटियो



 भक्तपुरमा पनि भेटियो स्क्रब टाइफसका बिरामी
भक्तपुर– भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ ।

भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिए  ।

मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि देखापरेको उनले बताए  ।

मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको सङ्क्रमण हुन सक्ने बताउँदै उहाँले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने उल्लेख गरेयो रोग लागेमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, शरिरमा गाँठा देखिने, टोकेको ठाउँमा खरानी रङ्गको राबर आउने, पछि कलेजो, श्वासप्रश्वास, आन्द्रा, रगतको नली फुटेर ज्यानै जानसक्ने डा जोशीले जानकारी दिए  ।

यो रोगको सङ्क्रमण भक्तपुरमा पहिलोपटक देखापरेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिए  । जनचेतनाको अभावले रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनुपर्ने बताउँदै सरकारले यो रोगको निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको उनले जानकारी दिए  ।

भक्तपुरमा यो रोगका बिरामी अरु पनि हुनसक्ने आशंका गर्दै उहाँले अस्पतालमा यसको परीक्षण गर्ने प्रविधि अर्थात् किटको व्यवस्था गर्नु अति आवश्यक भएको डा जोशीले बताए ।

नेपालमा यो रोगबाट अहिलेसम्म करिब ४०० जना सङ्क्रमित भएको र पाँचजनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ ।
by ratopati .com
 http://www.ratopati.com/news/75748/#sthash.hli6yhL4.dpuf

ग्यासको भाउ ५० रुपैयाँ घट्यो, अब एक सिलिन्डरको १३२५ रुपैयाँ


 ग्यासको भाउ ५० रुपैयाँ घट्यो, अब एक सिलिन्डरको १३२५ रुपैयाँ काठमाडौं, भदौ १६ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ घटाएको छ ।

निगमले विहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको हो । अब एक सिलिन्डर ग्यास १३ सय २५ रुपैयाँमा पाइनेछ ।

निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखेको प्रवक्ता भानु खनालले जानकारी दिए ।

५० रुपैयाँ भाउ घटाएपनि निगमलाई ग्यासमा अझै प्रतिसिलिन्डर ६१ रुपैयाँ नाफा छ ।

चाडपर्वलाई लक्षित गरी ग्यासको भाउ घटाइएको निगमले जनाएको छ ।

 by image samchar
: http://imagekhabar.com/news/latest/economy/7903#sthash.6I037BWN.dpuf