म्याग्दीको शिख गाविसमा चौँरीको आलो रगत पिउने मेला सुरु



म्याग्दीको शिख गाविसमा पर्ने पर्यटकीय खोप्रालेकमा चौँरीमेला सुरु भएको छ । नाङ्गी पाउद्वार संयुक्त चौँरीपालन समितिले खोप्रामा चौँरीको आलो रगत पिउने मेला सञ्चालन गरेको हो ।

साउन ७ गतदेखि सुरु भएको उक्त मेला ११ गतेसम्म सञ्चालन हुनेछ । विभिन्न रोगको उपचारको लागि भन्दै रगत पिउन बिहानैदेखि चौँरी मेलामा सर्वसाधारणको सहभागिता र आकर्षण बढ्दै गएको छ ।

चौँरीको आलो रगत पियमा विभिन्न रोग निको हुने भएकाले म्याग्दी, पर्वत, कास्कीलगायतका जिल्लाबाट करिब २०० सर्वसाधारण खोप्रालेक पुगेको नाङ्गी पाउद्वार संयुक्त चौँरीपालन समितिका सचिव  बताए ।

खोप्रालेकमा हरेक वर्षको साउन महिनामा मेला आयोजना हुँदै आएको छ । उक्त मेला हिउँदको सिजनमा पाउद्वार नजिकैको लरेनी खर्कमा आयोजना हुने गर्छ । हाल खोप्रालेकमा करिब २०० चौँरी रहेका छन् । दुई सिजनमा करिब एक हजारले मेलामा रगत पिउने गरेका छन् ।

0 comments:

Post a Comment