काठमाडौं, असार २७ । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ ।
हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानाबुलमा सुरु भएको वर्ल्ड हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ ।
वर्ल्ड हेरिटेज कमिटीको चालू बैठकमा आवाश्यक मूल्यांकन गरेर काठमाडौं
उपत्यकालाई खतराको सूचीमा राख्ने कि नराख्ने भन्ने निर्णय हुने बताइएको छ ।
२०७२ बैशाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि नेपालका सम्पदा
क्षेत्रमा क्षति भएपछि युनेस्कोले आवश्यक संरक्षणको व्यवस्था गर्न र
थिल्थिलो भएका क्षेत्रमा कसैलाई पनि जान नदिन सुझाएको थियो ।
Home »
» युनेस्कोले काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा प्रस्तावित थिल्थिलो भएका क्षेत्रमा कसैलाई पनि जान नदिन सुझाएको थियो ।







0 comments:
Post a Comment