चक्कुको स्वाद निकै मिठो लाग्ने भन्दै चक्कुखाएको पुरुषको पेटबाट ४० ओटा चक्कु शल्यक्रियागरी निकालिए



 दुई महिनादेखि चक्कु निलेका एक भारतीय पुरुषको पेटबाट शल्यक्रिया गरी ४० ओटा चक्कु निकालिएको छ  भारतको पन्जाब सहरको अमृतसारमा ४२ वर्षीय ती पुरुषको शुक्रबार पाँच घन्टा लामो शल्यक्रिया गरिएको अस्पतलामा संलग्न चिकित्सकले बताएका छन । फलाम खाने उसको अस्वभाविक इच्छा देखिर शल्यक्रियामा सम्लग्न चिकित्सकहरु पनि त्रसित भएका छन । शल्यक्रिया गर्दा पुरुषको शरिरबाट फोल्ड गर्न मिल्ने साथै तन्काउदा ७ इन्च लामा हुने चक्कु भेटिएका थिए । तर, बिरामीले भने फोल्ड गरेका र नगरेका चक्कु निलेको बताएको थियो । शल्यक्रिया गरेर झिक्दा केही खुल्ला र केही फोल्ड गरेका चक्कु भेटिएका साथै कुनै चक्कु खिया लागेर भाँच्चिन लागेका चिकित्सकहरु बताउँछन ।

दुई सन्तानका बाबु ती बिरामीले शल्यक्रियापछि आफुलाई हल्का भएको भन्दै आफ्नु जीवन बचाउने चिकित्सक र अस्पतालका कर्मचारी प्रति आभारी रहेको बताए । उनले चक्कुको स्वाद निकै मिठो लाग्ने भन्दै अन्य मानिस मदिरा र अरु कुराको कूलतमा लागे जस्तै आफु पनि चक्कु खाने कुलतमा लागेको बताएका छन । आफूलाई फलामका चक्कु खान निकै मोह लागेको र चक्कुको स्वाद पत्तीको जस्तै मिठो भएको उनले बताए । उनले परिवारले थाहा नपाउने गरी गोप्य रुपमा चक्कु खाने गरेको साथै आफुले अहिलेसम्म यस्ता बिरामी नदेखेको र यदी उपचार नभएको भए उनको मृत्यु हुने डा. जतिन्दर मलहोत्राले सीएनएससँग बताएका हुन ।
 http://tajasamachar23.blogspot.com/2016/08/blog-post_22.html

0 comments:

Post a Comment