
असार २६, २०७३- आइतबार बिहान २ बजेतिर सावादिन गाविसको नाक्ला भीर भत्किएर झर्दा तमोर नदीमा ताल बनेको छ, जसमा दुई घर डुबिसकेका छन् भने केही चौपाया बगेका छन् । करिब पाँच सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइको तालका कारण तमोर नदीकिनार आसपासका बासिन्दामा त्रास बढेको छ ।
६० मुरी धान फल्ने खेत पानीले जलमग्न बनाएको छ । तालले मकै, धान, अलैंचीलगायत बाली पुरेको छ ।
मानवीय क्षति भने हुन पाएन । डुबेको घरमा चौपाया मात्रै थिए ।
मित्लुङ बजारका १३ परिवारको उठिबास हुने स्थानीय पवन श्रेष्ठले बताए । मित्लुङ बजार नदीभन्दा ५० मिटर बढी उचाइमा छ । कटान हुने डरले आइतबार बिहान यहाँका महिला र बालबालिकालाई डाँडातिर सारिएको थियो । नदी आसपासका बासिन्दाले सधैं सचेतरहनुरहनुपर्नी देखिएको६
यो ताल फुटे ताप्लेजुङको दोभान, हान्द्रुङ, खोक्लिङको थुम्बा, पाँचथर, तेह्रथुम देखि धनकुटासम्मका नदीकिनार आसपासका क्षेत्रमा प्रभाव पर्छ । पानीको सतहको अवस्था अध्ययन र स्थानीयको सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली मित्लुङमा राखिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराई तालको अवस्था खतरनाक वा खतरामुत्त दुवै भन्न नसक्ने अवस्था रहेको बताउँछन् । ‘सुरक्षाकर्मीले घटनास्थलबाट नियमित सूचना प्रवाह गरिरहेका छन्, हामीले नदी आसपासका बासिन्दालाई सचेत रहनुहोस् भनेर भनिरहेका छौं, यसै भन्न सक्ने अवस्था छैन,’









0 comments:
Post a Comment