विश्वमा श्रीमानमाथि हिंसा गर्ने वा कुट्नेमा इजिप्टका महिला सबैभन्दा अगाडि रहेको संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययनले देखाएको छ ।
दि एक्सप्रेस ट्रिब्यूनकाअनुसार दोस्रो नम्बरमा ब्रिटेनका महिला र तेस्रो नम्बरमा छिमेकी देश भारतका महिला रहेको उक्त अध्ययनले देखाएको छ ।
इजिप्टको फ्यामिली कोर्टबाट प्राप्त तथ्यांकअनुसार ६६ प्रतिशत महिलाहरु जो आफ्ना पतिहरुलाई कुट्छन्, उनीहरु सम्बन्धबिच्छेदको निवेदन दिन्छन् । श्रीमतीको हिंसा पीडित श्रीमानहरुलाई मुद्दा हाल्नुबाहेक अरु उपाय हुँदैन । जुन एक वर्षमा ६ हजार पुगेको छ ।
अध्ययनबाट प्राप्त तथ्यअनुसार पत्नीहरुले पतिविरुद्ध हिंसा गर्न आफ्नो खुट्टा, भान्साका सामाग्री, बेलन, पेटी, हतियार, जुत्ता आदी प्रयोग गर्ने गरेको बताइएको छ ।by--http://www.nepaljapan.com







0 comments:
Post a Comment