साउन १३ । ‘युथ जेनेरेसन’मा उनको स्वर निकै चर्चित छ । इमेज एफएममा विहान बज्ने ‘नो हर्न प्लिज’ कृष्ण आचार्यसँगको युगल कार्यक्रम सुष्मा राईको ब्राण्ड नै हो ।तर अब सुष्मा आरजेका रुपमा मात्र रहिनन् । गीतको शब्द रचेर, स्वर दिएर मात्र नभई आफैं मोडलका रुपमा देखिएर उनले नयाँ परिचय बनाएकी छिन् ।
यूट्यूबमा अपलोड भएको ‘नबाँडन’बोलको गीत एकसाता मै हिट भएको छ । सुष्माको पहिलो गीत नै धेरैले रुचाएपछि थप हौसला मिलेको छ ।उनले आफैं निर्देशन गरेको गीतको भिडियोलाई युवाहरुलाई लक्षित गरी तयार भएको छ । कल्याण सिहंले संगीत भरेको गीत चलिरहेका गीतभन्दा भिन्न छ । प्रदिप जोशीले एरेन्ज गरेको गीतले प्रेमिकाले प्रेमीप्रति देखाएको प्रेमिल भाव दर्शाउँछ ।
http://tajasamachar23.blogspot.com/2016/07/blog-post_28.html
Home »
» प्रेमिसँग के चाहन्छिन ?संगीतमा चर्चितन सुष्मा राई







0 comments:
Post a Comment