Home »
» भोटेकोसीको त्रास कायमै ७९ घर बगाइ सकेको(साउन ४)
भोटेकोसीको त्रास कायमै ७९ घर बगाइ सकेको(साउन ४)
गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसेलगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ ।हालसम्म बाढीले तातोपानी, लिपिङ, बाह्रविसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको छ । तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुई वटा टिपरसहित तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त भएका छन्
बाढीका कारण विद्युत्को खम्बा ढल्दा हालसम्म तातोपानी, लिपिङ क्षेत्र फोन सम्पर्क तथा विद्युतीय सेवा बाहिर छन् । बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटर सडक ठाउँठाउँमा नदीले कटान गरेको छ
गाति गाविसकोे जम्बु भन्ने स्थानमा बाढीका कारण सडक कटान भएपछि यातायात अवरुद्ध भएकाले हालसम्म पनि बससेवा सञ्चालन हुन सकेको छैन । तातोपानीका स्थानीय अझै पनि पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् ।तातोपानीलगायतका विभिन्न स्थानबाट ६३ महिला, ३७ पुरुष, ६ बालिका र २ बालक गरी जम्मा १०८ जनालाई हेलिकोप्टरबाट स्थानान्तरण गरिएको छ ।
बाढीपीडितले यत्रो विपत्ति पर्दा पनि सरकार पक्षबाट केही सहयोग नहुँदा आफूहरु झन् समस्यामा परेको गुनासो गरेका छन् । केही मात्रामा रेडक्रसले सहयोग गरेको भएपनि सरकारको उपस्थिति नहुँदा निकै दुःख लागेको घताली बताउँछन् ।असार–साउनको समयमा पानीको बहाव बढ्ने हुनाले नदी किनारमा रहेका स्थानीय अझै पनि ढुक्कले निदाउन सकेका छैनन् । जुनसुकै समयमा पनि पानीको सतह बढ्ने हुनाले उनिहरु जोखिम्मा ६न







0 comments:
Post a Comment