बस्तीमाथि पहिरो, गाउँलेको बिचल्ली

असार १६, २०७३- गएरातिदेखि परेको अविरल वर्षाले चारैतिर पहिरो गएपछि जिल्लाको उत्तरी विकट गाविस रीगाउँ–९ चेप्राङ्गका २२ घर जोखिममा परेका छन् । बस्तीको दुवैतिरबाट ठूलो पहिरो खसेपछि बस्ती संकटमा परेको हो ।
अर्को बस्तीमा जाने पंगली खोलामा पनि पहिरोछ, पूर्वतर्फ पनि चेप्राङ्गखोला राति १० बजेबाट परेको पानीले पहिरो आएपछि सवै बाटो अवरुद्ध छ । चारैतिर ढुङ्गा खसिरहेको आवाज आएको छ ’ स्थानीय सैनीमाया तामाङ्गले फोनमा भनिन् ।
६ घरका १९ जना अशक्त, बालवालिका, बृद्ध र सुत्केरीलाई लिएर हिजो राती देखिनै ठूलो ढुङ्गामा रात कटायौं














