सपनाको अर्थ ,के भन्छन वैज्ञानिक ?

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो ।
यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।
तर स्विजरल्याण्डका शोधकर्ताले भने सपनाको वास्तविक अर्थ रहने र यसले मानिसको जिवनमा प्रभाव पार्ने तथ्य फेला पारेका छन् ।

स्विस मनोविज्ञ तथा मनोथेरापिष्ट कार्ल जंगले आफ्नो जिवनमा देखेका झण्डै २० हजार जति सपनाहरुको विश्लेषणको आधारमा त्यसलाई सैद्धान्तिकरण गरेका छन् र निष्कर्ष निकालेका छन् की व्यक्तिको मनोविज्ञान बुझ्न सपना महत्वपूर्ण माध्यम हो ।
त्यस्तै अमेरिकी साइको थेरापिष्ट कार्डर स्टउटले विभिन्न १० प्रकारका स्वप्नावस्थाहरुको विश्लेषण गरेका छन् ।
शोधकर्ताहरुको विश्लेषणका आधारमा यी सपनाहरुको अर्थ यस्तो हुन्छ-
गर्भवती 
भएको सपना देखेमा : आफु गर्भवती भएको सपना देख्नुको अर्थ हुन्छ तपाइँभित्र नयाँ जिवनको सुरुवात भएको छ अर्थात् नयाँ उर्जा तथा आइडियाको विकाश हुँदैछ । स्टउट भन्छन्-यसको अर्थ तपाइँले पुनर्जिवन पाउँदै हुनुहुन्छ, नयाँ मार्गतर्फ लम्किँदै हुनुहुन्छ अर्थात् जिवनमा काँचुली फेर्दै हुनुहुन्छ ।

भुतपूर्व पार्टनरको बारेमा सपना देखेमा–
 यो सामान्य हो र यसको अन्य कुनै अर्थभन्दा पनि जिवनको एउटा क्षणको परावर्तन मात्र हो । तपाइँको भुतपूर्व प्रेमी वा प्रेमिका कुनै समय तपाइँको जिवनको अंग थियो । यदि तपाइँले कोही नयाँ मानिससँग डेटिङ गएको वा प्रेमालाप गरेको सपना देख्नुभयो भने ब्युँझिएपछि आफैलाई सोध्नुहोस् की त्यो मानिसले तपाइँको जिवनमा के अर्थ राख्छ ? उसको लागि तपाइँको मनमा ठाउँ भएकै हो ?

दाँत झरेको सपना देखेमा-
यसको अर्थ तपाइँको जिवनमा संक्रमणकाल चलिरहेको छ । तपाइँ यस्तो निरासा तथा कठिन परिस्थितिबाट गुज्रिँदै हुनुहुन्छ जहाँ प्रसस्तै परिवर्तन आत्मसात गरिरहनु परेको छ भने तपाइँले दाँत झरेको सपना देख्न सक्नुहुन्छ । तपाइँ रुपान्तरण हुँदै हुनुहुनछ भन्ने यसको अर्थ हुन्छ ।
मृत्युको बारेमा सपना देखेमा
– सपनामा मृत्यु तथा नयाँ जिवनको सुरुवातलाई एकै अर्थमा हेरिने मनोविज्ञ स्टउट बताउँछन् । मरेको सपना देख्नु भनेको तपाइँले अब कुनै चिज त्याग्दै हुनुहुन्छ जुन अहिलेसम्म तपाइँको जिवनको भाग थियो । बसिरहेको घर सर्दा, जागिर छाड्दा तथा सम्बन्ध विच्छेद गर्दा समेत मरेको सपना देख्ने सम्भावना हुन्छ बारम्बार डराउने सपना-
 मनोविज्ञ स्टउटका अनुसार हामीले जिवनमा धेरै नकारात्मक अनुभवहरु समेत बटुलेका हुन्छौँ र त्यसलाई आत्मसात गरेका हुन्छौँ जसले हामीमा संवेगात्मक घाउ सिर्जना गर्दछ । मानिसको मस्तिष्क यस्ता स्मरणहरु प्रति असहिष्णु हुन्छ र त्यसलाई सँगालेर राखिराख्नु भन्दा बारम्बार त्यसलाई उत्सर्जन गर्दछ । यो पीडादायी उर्जा डरलाग्दो सपनाका रुपमा बाहिर निस्किन्छ । कुनै विषयमा डरलाग्दो सपना देखिरहनुको अर्थ हुन्छ की त्यस विषयमा हाम्रो मस्तिष्कमा डर, चिन्ता तथा पीडा संचित छ र वास्तविक जिवनमा त्यसलाई सम्बोधन गर्नु आवश्यक छ ।
कोहीसँग प्रेम गरेको सपना देखेमा–
  कोही नयाँ मानिससँग प्रेम गरेको सपना देखेर मख्ख परिन्छ सायद । तर मख्ख नपरे हुन्छ, किनकी यसको अर्थ त्यस्तो रोमान्चक छैन । सपनामा प्रेम गरेको देख्नु भनेको मानिस कृतघ्न छ र आफैप्रति इमान्दार छैन भन्ने कुराको द्योतक हो । तपाइँले आफैभित्र केही कुरा दबाएर राख्नुभएको छ, ध्यान दिइरहनुभएको छैन वा कृतघ्न बनिरहनुभएको छ भने तपाइँले कसैसँग प्रेम गरेको सपना देख्नुहुन्छ ।
काम तथा स्कुलको बारेमा सपना देखेमा–
 स्टउटका अनुसार सपनामा परीक्षामा तयारी गर्न नसकेको, लेख्न नसकेको, काममा ढिलो भएको तथा मिटिङका लागि तयारी नगरेको जस्ता कुरा देखेमा बुझ्नुहोस् की तपाइँ खतरापूर्ण अवस्थामा हुनुहुन्छ । यो भनेको आफ्नो वास्तविक रुप, क्षमता तथा चरित्र आत्मसात गर्न नसक्ने तथा आफैप्रति डराउने वा आत्मविश्वास नभएका कारण हुन्छ । मनोविज्ञ स्टउटका अनुसार व्यवसायिक रुपमा मानिस सक्षम तथा इमान्दार देखिएपनि उसले आफ्नो व्यक्तिगत आयाम लुकाउन अनेक प्रयत्न गरिरहेको हुन्छ । सोही चरित्र मानिसको सपनामा प्रकट हुन्छ ।

कुन सपनाको फल कस्तो हुन्छ ?
 सपनाले ले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस...
आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु लाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नु मालदार हुइन्छ ।
जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नु धनी होइन्छ ।
ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
सोतो तर्नु मरण नजीकिएको निशानी हो ।
नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
फूल देख्नु प्रेमी/प्रेमिका मिलन
पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
पिँजडा देख्नु जेल-नेल पर्ने ।
हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
सुख्खा वन देख्नु चिन्ता हुने ।
चन्द्रमा प्रतिष्ठा मिल्ने ।
ग्रहण आपत पर्ने ।
खाना बनाउनु सन्तान बिरामी हुने ।
सुन पाउनु धन जाने, हानी हुने ।
र्सप मार्नु कष्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नु धनहानि हुनु ।
बिरालोले टोक्नु दर्घटना पर्ने तर बच्ने ।

राम्रा सपना अन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लादै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति
नराम्रा सपना आगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तुखानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको

0 comments:

Post a Comment