रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २१ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ ।
सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताउनुभयो । अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ भने १३ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । - प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरुको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पंक्तिलाई निर्देशन








0 comments:
Post a Comment