अठारौँ अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनशनरत गङ्गामायाले वीर अस्पतालको आफ्नो ७ नम्बरको क्याविनबाट आफू न्यायको आशामा अझै रहेको बताउनुभयो ।
विसं २०६१ जेठ २४ गते तत्कालीन नेकपा (माओवादी)ले आफ्नो कान्छो छोरो कृष्णप्रसादलाई अपहरण गरी हत्या गरेपछि पाँच वर्षअघिदेखि पिता नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले अनशन सुरु गर्नुभएको थियो अनशन सुरु गरेको ३३३ दिनमा नन्दप्रसादको निधन भएपछि गङ्गामायाले एक्लै न्याय खोज्दै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । गङ्गामायाले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अहिले पनि दाहसंस्कार गर्न सकिएको छैन ।मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मा¥यो, काँग्रेसले श्रीमान्, तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्युपश्चात् निस्कन्छु ।”







0 comments:
Post a Comment