इटलीमा दुई वटा रेल आपसमा ठोक्किँदा दुर्घटना

 काठमाडौं, असार २९ । इटलीमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ
तटीय शहर बारलेटा र बारीको बीचमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा धेरै घाइतेसमेत भएका छन् ।रेल जुध्दा घाइते भएकाहरुको उद्दार गरी हेलिकोप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

नेपालको जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ



असार २९, २०७३- मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ । वीर अस्पताल सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटस्थित करिब ५ सय ७३ रोपनी जग्गा  मा   मंगलबार जग्गाको अवलोकन गर्दै वीर अस्पतालका लागि उपयुक्त जग्गा फेला परेको जनाएको हो । उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न हजार शय्याको अस्पताल निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । वीर अस्पतालको स्थानान्तरण प्रक्रिया अघि बढेको मन्त्री पौडेलले बताए । राष्ट्रपतिदेखि गिटी कुट्ने मजदुरसम्मका व्यक्तिले समान रूपमा उपचार गर्न पाउने उच्चस्तरीय अस्पतालका रूपमा विकास गरिने उनले बताए ।
सरकारले उपत्यकाकै विभिन्न ९ स्थानमा जग्गा खोजी गरे पनि उपयुक्त जग्गा पाएको थिएन । अर्थमन्त्री पौडेललगायतको टोलीले सानोठिमीस्थित हवाई विभाग र सानोठिमी क्याम्पस रहेको क्षेत्र तथा चाँगुनारायण नगरपालिका ११ र १४ दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज आसपासको जग्गा अवलोकन गरेका हुन् । अवलोकनपछि मन्त्री पौडेलले चाँगुनारायण मन्दिरको काखको जग्गा उपयुक्त भएको भन्दै वीर अस्पताल बनाउने जग्गाको टुंगो लगाइएको बताए ।




0 comments:

Post a Comment