
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारदेखि सर्वोच्च अदालतको प्रधानन्यायधीशको पदभार ग्रहण गरेकी छन् ।८ वर्षअघि अस्थायी न्यायाधीशकोरुपमा सर्वोच्च छिरेकी कार्की प्रधानन्यायाधीशमा नियुक्त भएसँगै नेपालको न्यायालयमा एउटा नयाँ इतिहासको रचना भएको छ ।

सोमबार मध्याह्न राष्ट्रपति कार्यालय शीतल निवासमा सुशीला कार्कीले सर्वोच्च अदालतको प्रधानन्यायाधीशकारुपमा पद तथा गोपनीयताको सपथ लिइरहँदा सर्वोच्च अदालत परिसरमा अदालतका कर्मचारी मात्र हैन, न्याय र कानुन क्षेत्रका थुपै्र व्यक्तिहरु उनको स्वागतका लागि तम्तयार देखिन्थे ।
सपथग्रहणलगत्तै शीतल निवासबाट सीधै सर्वोच्च परिसर पुग्दा उनको भव्य स्वागत् गरिएको थियो ।
विभिन्न आरोह–अवरोधकाबीच देशको सर्वोच्च न्यायालयको प्रमुख बन्न सफल प्रधानन्यायाधीश कार्की आफूसँग चुनौती र अवसर दुबै रहेकाले यसलाई मिलाएरै अघि बढ्नुको विकल्प नभएको बताउँछन् ।
सर्वोच्च अदालतकोसामु रहेका चुनौतीका पहाड चिर्न राजनीतिक दलहरुले बेलैमा प्रदेश विभाजनको टुंगो लगाउनसके त्यसले आफूहरुलाई निक्कै सहज बनाउने उनले बताइन् ।
प्रधानन्यायधीश कार्कीले निमुखा जनतासम्म न्यायालयको पहुँच स्थापना गर्ने लक्षमा आफू लागिपर्ने बताइन् ।






0 comments:
Post a Comment