बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण












शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्ने एक युवकलाई नेपाली सेनाले पहिचान गरेको छ । उक्त आक्रमणमा जडीबुटीमा तरकारी पसल सञ्चालन गर्दै आएका वीरेन्द्र थापामगर रहेको जनाएको छ । सेनाले उक्त युवक १९ वर्षको
उक्त आक्रमणमा जडीबुटीमा तरकारी पसल सञ्चालन गर्दै आएका वीरेन्द्र थापामगर रहेको जनाएको छ । सेनाले उक्त युवक १९ वर्षको रहेको र उसले पहिलो पटक गरेकोले माफी मागेकाले उनलाई छोडिएको बताएको छ । कोटेश्वरस्थित अरनिको राजमार्ग पछाडि जोडिएको विमानस्थलको भीओआर डीएमई उपकरणको सुरक्षामा खटिएको सेनाले घटना भएको भोलिपल्ट ती युवकको पहिचान गरेको हो । विरेन्द्रले आफूले आक्रमण गर्न नभई जिस्किएर लेजर चलाएको बताएका थिए ।
गत शुक्रबार साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो । त्यहीबेला ककपिटमा विपरित दिशा (जडीबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो ।१ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आखामा असर पर्‍यो । उनीहरु झस्किए । नेपाली आकाशमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन । 

0 comments:

Post a Comment