धरहरा नयाँ बनाउने डिजाइनको स्वरुप


धराहरा बनाउन सरकारले ४२ रोपनी जग्गा प्रदान गरेको छ । पहिला धराहरा भएको ५ रोपनी जग्गामा मात्रै पुननिर्माण गर्दा राम्रो नहुने भन्दै पुरातत्व विभागले सरकारसँग जग्गा माग्दै आएको थियो ।
गौश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धराहरा बनाउन दिने निर्णय मन्त्री परिषदको बैठकले गरेको संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोख्रेलले जानकारी दिए । टक्सार विभाग र गोश्वारा हुलाकलाई अन्त जग्गा उपलब्ध गराइदिने शर्तमा यो जग्गा दिन राजी भएको पोख्रेलले जानकारी दिए । जग्गा पाएपछि पुरातत्व विभागले पूरै क्षेत्रफलमा संरचना बनाउने गरि विस्तृत डिजाइन गरिरहको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।


भुइँचालोले भत्काएको धरहरालाई चाहिं जस्ताको तस्तै राखेर त्यही स्वरुपको नयाँ बनाउने गरी डिजाइन भइरहेको छ । पहिला भत्केकोलाई सफा गरिनेछ । भत्केको ठाउँ रातो देखिएको छ । रातो ठाउलाई रंगरोगन गरेर संरक्षण गरिने छ । गोश्वारा हुलाक कार्यालयको आकाशे पुलबाटै धरहराको क्षेत्र शुरु हुनेछ । ‘यहाँ प्रवेशद्वार बन्नेछ,’ धरहराको विस्तृत डिजाइन गरिरहकेका इन्जिनियर विष्णु पन्थीले भने, ‘प्रवेशद्वारबाट सुन्धारा गार्डेन सुरु हुनेछ । गोश्वारा हुलाक कार्यलय देखि कर्मचारी सञ्चयकोष भवन छेउसम्मको क्षेत्रलाई सुन्धरा गार्डेनमा राखिनेछ ।’ धरहरा पुनर्निर्माणको लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्ट्यान्ट प्रालि र एशोसियटस् जेभीलाई पुरातत्वले जिम्मेवारी दिएको थियो । दुई महिना भित्र काम सक्ने गरी गत असार २६ गते उनीहरुलाई कामको जिम्मेवारी दिइएको
परामर्शदाता इन्जिनियर पन्थीले तयार गथरेको डिजाइनमा गार्डेनको छेउमा तीन तले पार्किङ स्थल बन्ने छ । सुन्धरालाई धरहरा क्षेत्रभित्रै राखिने छ । सुन्धरलाई पुनर्निर्माण गरेर भऱ्याङ बनाइने छ । खुला यो भऱ्याङमा तीन सय जनासम्म हिंड्न सक्ने क्षमताको हुनेछ । यहाँ फोटो खिच्ने ठाउँ हुनेछ । यहाँ पानीको फाहोरा राखिने छ । यो फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ । धरहरामा भएका पुरातात्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेशिन लगायतका सामान संग्रहालयमा राख्न सकिनेछ । संग्रहालय दुई तलाको हुनेछ । यसबाहेक गिफ्ट सप, सानो थियटर लगायतका पूर्वाधार समेत बनाइने डिजाइनमा उल्लेख छ ।

 

 नेपालका पहिलो प्रधानमन्त्री राष्ट्रिय विभूति भीमसेन थापाले बनाएका हुन् धरहरा । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार भीमसेन थापाले धरहरा बनाएर पहिलोपल्ट पाश्च्यात्य शैलीको संरचना नेपाल भित्र्याएका थिए । भीमसेन थापाले आफ्नो निवास बागदरबार छेउमै विसं १८८१ सालमा धरहरा बनाएका थिए । भीमसेन थापाले यो धरहरा बनाएपछि रानी त्रिपुरा सुन्दरीले १८८२ मा अर्को धरहरा बनाउन लगाइन् । बज्राचार्यका अनुसार १९९० सालको भुइचालोले यी दुई मध्ये भीमसेन थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा ढल्यो । अहिलेको धरहरामाचाहिं आंशिक क्षति मात्रै पुगेको थियो । ९० सालमा भुइचालो आउनु पहिला नै चट्याङ परेर धरहराको क्षति भइसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइचालो पछि १९९२ सालमा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले ९ तलामा झारेर पुननिर्माण गरेका थिए ।
 
अब ८ रेक्टरसम्मको भुइचालोले भत्काउन नसक्ने गरी यसको पुननिर्माण गरिने मन्त्री पोख्रेलले दाबी गरे । कसले बनाउने भन्ने विवादले लामोसमय सम्म यसको निर्माणमा अन्योल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नै यसको पुननिर्माणको जिम्मावारी पाएपछि कामले तिब्रता पाएको हो । यसको निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा, म बनाउँछु’ अभियान घोषणा गरेका थिए । यसको निर्माण गर्न ३ अर्ब रुपैया खर्च हुने अनुमान छ । मन्त्री पोख्रेलका अनुसार यो अभियानबाट २ करोड रुपैया संकलन भएको छ । ‘यो आह्वान गर्नासाथ उठेको रकम हो,’ http://tajasamachar23.blogspot.com/2016/08/blog-post.html

0 comments:

Post a Comment