मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका एक विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन


मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले बाढी आएको बेला उद्धार गर्ने उद्देश्यले पानीमाथि कुद्ने साइकल बनाएका छन । मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो । बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिने उनीहरूको दाबी छ । सो क्याम्पसमा विद्यार्थीले प्रत्येक वर्ष बिदा भएर जाने विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा सो साइकल बनाएका हुन ।

0 comments:

Post a Comment