गायक खेमराज गुरुङको असामयिक निधनप्रति दुःख प्रकट















वारि जमुना पारि जमुना...’ बाेलकाे गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा लाेकप्रिय बनेका गायक खेमराज गुरुङको असामयिक निधन भएको छ।

जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको (बिहीबार) साँझ अस्पतालमै निधन भएकाे गायक राजेशपायल रार्इले नागरिकन्युजलार्इ जानकारी दिएका छन्। खेमराज गुरुङको अामा श्रीमति दुर्इ छाेराछाेरी दुर्इ दिदीहरू छन्।














वारि जमुना पारि जमुना बाेलकाे गीतले चर्चाकाे शिखरमा पुर्याइएका गुरूङकाे ‘आलुतामाले...’ बाेलकाे गीतसमेत चर्चित छ। संखुवासभामा जन्मिएका गायक गुरूङका करिब एक दर्जन गीति संग्रहहरू सार्वजनिक छन्।

नेकपा एमालेले गायक खेमराज गुरुङको निधनबाट मुलुकले सम्भावना बोकेको स्रष्टा र पार्टीले एक योग्य कार्यकर्ता गुमाउनु परेको भन्दै दुःख प्रकट गरेको छ । पार्टी सचिव योगेश भट्टराईले शुक्रवार शोक वक्तव्यमार्फत गुरुङको निधनप्रति दुःख प्रकट गरेका हुन् ।

0 comments:

Post a Comment