Home »
» aajako rasiphal(वि.सं. २०७३ साल भदौ ११ गते। शनिबार।)
aajako rasiphal(वि.सं. २०७३ साल भदौ ११ गते। शनिबार।)
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा निकै निकै दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यावसायमा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। तापनि, सेवाभावले गरिएका कामबाट प्रतिष्ठा प्राप्त हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ भने सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। चुनौती सामना गर्नुपरे पनि मेहनत गर्दा लाभ उठाउन सकिनेछ। बुद्धि लगाउँदा जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। तर बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ, सजग रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। आफ्ना सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला। समयको मागअनुसार चल्न नसक्दा दुःख पाइनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को,
रमाइलो जमघटले आनन्द दिलाउनेछ। विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्। मनग्य धन आर्जन हुने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रयत्न गर्दा आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार पाइने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। साथीभाइ टाढिन सक्छन्। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।
http://tajasamachar23.blogspot.com/2016/08/aajako-rasiphal_26.html







0 comments:
Post a Comment