आज काठमाडौंको बसुन्धरामा बस दुर्घटना १५ जना घाइते , एकको मृत्यु, मृत्यु हुनेको सनाखत हुन नसकेको ।(भदौ १५ )


 महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा१ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस बुधबार साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उद्धार गरी उपचारका लागि ६ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र अरुलाई बीपी स्मृति अस्पताल पठाइएको महानगरी प्रहरी प्रभाग बसुन्धराका प्रहरी सहायक निरीक्षक प्रमोद प्याकुरेलले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment