Home »
» aajako rashifal(८ भाद्र २०७३, बुधवार)
aajako rashifal(८ भाद्र २०७३, बुधवार)
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।
-मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आँटेको काम तत्काल गर्न नसकिएला। अरूका लागि समय खर्चनुपर्ला। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरू जुट्नाले आंशिक सफलता मिल्नेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। चुनौती देखिए पनि मेहनतले सकारात्मक नतिजा दिलाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका श्रोतहरु फेला पर्नेछन । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापारमा प्रशस्त फाइदा हुनेछ । साथीभाईको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । परोपकारी काममा रुची बढ्नेछ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापारमा मनग्य धनलाभ हुनेछ। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रयासहरु सकारात्मक रहनेछन । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । लेनदेनमा विवाद बढ्नेछ । -
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूका काममा समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाई लेखाइमा प्रगति हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । मन खुसि रहनेछ । -
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।







0 comments:
Post a Comment