aajako rasiphal(७ भाद्र २०७३, मंगलवार)

 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
 विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूको भर नपर्नुहोला। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह
 साथीभाईको सहयोगले कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा सुधार आउनेछ । घरायसी काममा झमेला बढ्नेछ ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। काममा चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक नतिजा प्राप्त हुनेछ। अप्ठ्यारो समयमा सहयोगी जुट्नाले चुनौती पार लगाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउन सक्छ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ

  
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
 रमाइलो यात्राको योग रहेको छ । शत्रुहरु पराजित हुनेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । आफन्तसंग मनमुटाब हुनेछ ।


 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। उपचारमा खर्च हुने योग छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला

  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक सद्भाव बढ्नेछ । आय आर्जनमा वृद्धि हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । साझेदारी काममा उल्झन आउनेछ ।

  
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
 धार्मिक काममा रुची बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ



तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
आफन्तसँग असमझदारी बढ्नाले सोचेको काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफ्नै अहंकारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। वादविवादबाट टाढा रहनुहोला।
http://tajasamachar23.blogspot.com/2016/08/blog-post_1.html
-

0 comments:

Post a Comment