काठमाडौं उपत्यकामा स्क्रब टाइफस रोग भेटिएको(, ८ भदौ)

काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरले बताएका छन्। टेकु अस्पतालका डा शेरबहादुर पुनका अनुसार काठमाडौंका एक जना बिरामीमा स्क्रब टाइफस भएको पाइएको हो। स्क्रब टाइफस भएकालाई उच्च ज्वरो आउने भनिए पनि ज्वरो नआएकालाई पनि रोग लागेको डा पुनले बताए।

सामान्य खोकी र बिबिरा आएका बिरामीको रगत जाँच गरेपछि स्क्रब टाइफस भएको पुष्टि भएको हो। फरक फरक लक्षण देखिएका बिरामीमा स्क्रब टाइफस भएको पुष्टि भएकाले यसबाट जोगिन व्यक्ति आफै सचेत हुनुपर्नेमा डा पुनको जोड छ।

खोकी लागे, आँखा रातो भए, ज्वरो आए वा शरीरमा विवारा आए यो रोगको संक्रमण भएको हुन सक्छ। स्क्रब टाइफस मुसा तथा जीवजन्तुमा पाईने किर्ना जस्ता स-साना किराको टोकाइका कारण लाग्छ। -
http://tajasamachar23.blogspot.com/2016/08/aajjako-rasiphal.html

0 comments:

Post a Comment