१७ महिनासम्मा गर्भवती महिला





 चिनमा एक महिलाले आफु १७ महिनादेखि गर्भवती भएकी भन्दै चिकित्सकसँग शल्यक्रिया गरी बच्चा निकालिदिन आग्रह गरेकी छन । सन २०१५ को फ्रेबुवरीमा गर्भवती भएकी चिनको हुनान प्रान्तकी वाङ सिलेले गत वर्षको नोभेम्बरमा नै बच्चा जन्माउनु पर्ने भएपनी अहिलेसम्म बच्चा जन्माएकी छैनन । गर्भवती भएको नौ महिनापछि आफ्ना पति खाङ झिवीईसँग अस्पताल जाँदा समय नपुगेको भन्दै चिकित्सकले फर्काउन थालेको उनको भनाई छ । डेट कटेपछि बच्चा जन्माउने आशामा साताको एक पटक अस्पताल गएर परीक्षण गर्दा मात्रै १० हजार यान खर्च भएको उनले बताइन । वाङको पेटभित्रको बच्चाको तौल ३८०० ग्राम रहेको चिकित्सकहरुले बताएका साथै बच्चा जन्माउन आफू पूर्ण रुपमा स्वस्थ र बलियो भएको उनले जनाएकी छन । लामो गर्भधारणले आफू र परिवारका सदस्यमा गहिरो चोट पुगेको भएपनी अर्को महिना सुरक्षित र सफलतापूर्वक बच्चाको डेलिभरी हुने उनको आशा छ । उनले बच्चा जन्माउने धैर्य पनि टुटिसकेका कारण अर्को महिना जसरी भए पनि सि सेक्सन गरेर बच्चा जन्माउने निधो गरेकी जनाइएको छ ।
 http://tajasamachar23.blogspot.com/2016/08/aajako-rasiphal.html

0 comments:

Post a Comment