Home »
» मूलपानी मैदान खेल्नयोग्य बनाउन ज्ञापन पत्र बुझाएका
मूलपानी मैदान खेल्नयोग्य बनाउन ज्ञापन पत्र बुझाएका
कार्तिक १, २०७३- मूलपानी क्रिकेट मैदानलाई खेल्न योग्य बनाउन सरोकारवालाहरूले युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको ध्यानाकर्षण गराएका छन् । झन्डै १० वर्ष अघि शिलान्यास भए पनि मूलपानी मैदान अझै खेल्नयोग्य भएको छैन ।
नेपाल सरकारबाट राष्ट्रिय खेलकुद परिषद्लाई भोगाधिकार दिई परिषदबाट क्रिकेट खेलमैदान निर्माण गर्न नेपाल क्रिकेट संघलाई उपलब्ध गराएको मूलपानीस्थित माथिल्लो क्रिकेट खेलमैदानमा संघबाट २०६४ सालमा मैदान सम्याउने तथा बार लगाउने कार्य सम्पन्न गरिएको थियो ।
त्यसको तीन वर्षपछि पेभेलियन निर्माण सम्पन्न गरी मैदानसमेत निर्माण भएकोमा हाल खेल्नयोग्य बनाउन नसकिएको अवस्था रहेको भनी खेलाडी, प्रशिक्षक, अम्पायर लगायतले खेलकुद मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । खेलमैदानलाई खेल्नयोग्य बनाउन लाग्ने खर्च झन्डै १७ लाख रुपैयाँ विनियोजन गरिदिन भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउनेमा राष्ट्रिय खेलकुद परिषद् सदस्य शैलेशकुमार कर्माचार्य, राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास, खेलाडीहरू ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, सोमपाल कामी, अम्पयारद्वय विनयकुमार झा र दुर्गानाथ सुवेदी तथा नेपाल क्रिकेट संघका कर्मचारीहरू छुम्बी लामा, रमण शिवाकोटी र राजेश महर्जन छन् ।
by----http://kantipur.ekantipur.com/news/2016-10-17/20161017092903.html






0 comments:
Post a Comment