जापान सरकारले दक्ष विदेशी कामदारलाई कृषि क्षेत्रमा काम गर्ने अनुमति दिने भएको छ । जापान सरकारको यो अनुमतिपछि जापानका निश्चित अञ्चलमा कृषि क्षेत्रमा काम गर्नका लागि विदेशी कामदारहरुले वर्किङ भिसा पाउँनेछन् । साथै जापान सरकारले घरेलु कामदारका लागि पनि विदेशीलाई वर्किङ भिसा दिनेबारेको निर्णय अर्को वर्षसम्ममा गरिसक्ने जनाएको छ ।
जापानको कृषि क्षेत्रमा देशिएको कामदारको अभावलाई पूर्ति गर्ने जापानको श्रम मन्त्रालयले विदेशी कामदारलाई अनुमति दिने निर्णय गरेको हो । यस्तो योजनमा जापान सरकार पहिले देखी नै छलफल गर्दै आएको थियो । त्यही योजना अनुसार मंगलवार सरकारले अद्यागमन कानूनमा संशोधन गर्ने औपचारिक निर्णय गरेको हो ।
साथै जापानको घट्दो जनसंख्यासँगै जेष्ठ नागरिकहरुको संख्या समेत बढ्दै गएपछि तिनीहरुको सहयोग र हेरविचारका लागि घरेलु कामदारमा विदशी कामदार झिकाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
सल्लाहकार परिषदको मंगलवार भएको छलफलपछि प्रधानमन्त्री शिञ्जो अबेले कृषि क्षेत्रका लागि दक्ष विदेशी कामदारलाई वर्किङ भिसा उपलब्ध गराउने निर्णय गरेका हुन् ।







0 comments:
Post a Comment