पहिला अन्डा बन्यो वा कुखुरा ? यो प्रश्न संसारमा धेरैले एक अर्कालाई राख्छन् किनकी धेरैलाई यसको जवाफ थाहा नहुन सक्छ। तर वैज्ञानिकहरुले संसारमा पहिला कुखुरा जन्मिएको र उसले अन्डा पारेको दाबी गरेका छन्।
बेलायती वैज्ञानिकहरुका अनुसार अन्डाको जाँचपछि उनीहरुले कुखुरा पहिला जन्मिएको तथ्य पत्ता लगाएका हुन् ।
वैज्ञानिकहरुका अनुसार अन्डाको बोक्रामा एक विशेष तरिकाको प्रोटिन पाइन्छ र यो प्रोटिन कुखुराको अन्डाशयबाट निस्कन्छ। यसकारण कुखुरा पहिला जन्मिएको थियो।
वैज्ञानिकहरुलाई यो पहिल्यै थाहा थियो कि वोकेल्डिडिन-१७ (ओसी-१७) नामक यो प्रोटीनले अन्डाको खोल बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
अहिले वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेर ओसी-१९ कसरी बन्छ भन्ने पत्ता लगाएका छन्। क्याल्शिय कार्बोनेटसँग ओसी-१७ मिसिएपछि अन्डाको खोल बन्न थाल्छ।by ScotNepal.com







0 comments:
Post a Comment